News Portal

एउटा चुनाव हार्दैमा काँग्रेसको बिचार पराजीत हुदैन : महामन्त्री खड्का

हिमाली संचार संवाददाता
४७४ पटक

सुर्खेत, २५ चैत्र : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले चुनावमा दुई कम्युनिष्ट पार्टी मिल्दा पराजित भएपनि काँग्रेसको विचार पराजित नभएको बताए । महामन्त्री खड्काको सम्मानमा काँग्रेस सुर्खेतले सोमवार बीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनले दुई तिहाइको वर्तमान सरकारले आशा र अपेक्षा अनुसार काम गर्न नसकेको जनतामा निरास भएको बताए ।

काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्न ओली सरकार असफल भएको आरोप पनि लगाए । प्राविधिक कारणले चुनावमा काँग्रेस पराजित भयो उनले भने, काँग्रेसको नेतृत्वमा चुनाव नभएको भए लोकतान्त्रिक गणतन्त्रको संविधान पहिल्यै धरापमा परिसक्ने थियो ।

एउटा चुनाव हार्दैमा काँग्रेसको बिचार पराजीत हुदैन, महामन्त्री खड्काले भने, अब काँग्रेसका नेता र कार्यकर्ताले आफ्नो आचरण र व्यवहार सुधारेर जनतालाई विश्वास जगाउनु पर्छ । उनले कार्यकर्तालाई उच्च मनोवलका साथ संगठन विस्तारमा जुटन पनि आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/04/12355

केन्द्रीय अनुशासन समितिका अध्यक्ष भीष्मराज आङदाम्व्यले काँग्रेसलाई बलियो बनाउनको लागि सवै जुटनु पर्ने उल्लेख गरे ।

केन्द्रीय सदस्य जीवनबहादुर शाहीले काँग्रेसलाई देशकै बलियो र ठुलो पार्टी बनाउने अभियानको नेतृत्व गर्न सुझाव दिए । अर्का केन्द्रीय सदस्य हृदयराम थानीले काँग्रेसलाई बलियो बनाउनको लागि एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वमन्त्री शीवराज जोशी, पूर्व राज्यमन्त्री तप्तबहादुर विष्ट, काँग्रेस सुर्खेतका पूर्वसभापति डम्वरविक्रम जिसी लगायत विभिन्न जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधीले आफनो भनाई राखेका थिए । कार्यक्रम नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको हो ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...