News Portal

विराटनगरको भारतीय फिल्ड अफिस अर्को हप्ता बन्द हुने

हिमालीसञ्चार संवाददाता
५५५ पटक

काठमाडौं – विराटनगरस्थित भारतीय फिल्ड अफिस अर्को साताबाट बन्द हुने भएको छ ।फिल्ड अफिसले गर्दै आएको सबै काम १६ साउन अर्थात अगष्ट १ बाट पूर्णरुपमा बन्द हुने काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ ।

फिल्ड अफिसले नेपाल आउने भारतीय गाडीहरुका लागि अनुमति दिनुका साथै जन्म/मृत्यु/रजिस्टेशन लगायतका कागजपत्रको प्रमाणीकरण गर्दै आएको थियो । अब यो काम काठमाडौंस्थित दूतवासबाटै हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८-२९ को नेपाल भ्रमण लगतै भारतले विराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको थियो ।

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि भारतीय भूमि प्रयोग गर्नुपर्ने नेपाली गाडीहरुका लागि अनुमति दिन यो कार्यालय खुलेको थियो ।

तर, काम सकिएसकेपछि पनि फिल्ड अफिस बन्द भएन । तत्कालीन माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाश परराष्ट्रमन्त्री भएको बेला पत्र नै लेखेर यो कार्यालय बन्द गर्न निर्देशन दिँदा पनि अटेर गरिएको थियो अनलाइन खबरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...