News Portal

  • जैमिनी नगरपालिकाका वडा सदस्य रसाईलीले तलवभत्ताबाट २० स्टेचर वितरण गरे

    हिमाली संचार संवाददाता
    ३८४ पटक

    बागलुङ, २५ चैत : बागलुङको जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट टोल—टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् । जनप्रतिनिधि भएपछि रसाईलीले सरकारबाट खाइपाई पाएको तलवभत्ता सामाजिक क्षेत्रमा लगाउँदै आएका छन् ।

    बिरामीलाई बोकेर तुरुन्त स्वास्थ्य संस्थासम्म पु¥याउन सहज होस् भनेर उनले आफ्नो १ लाख २० हजार (तलव भत्ता)को रकम स्टेचर वितरण गर्नमा लगाएका हुन् । स्टेचर वितरण गर्दै रसाईलीले राजनीति पेशा नभई सेवा भएकाले आफू जनप्रतिनिधि रहँदासम्म राज्यबाट प्राप्त भएको तलवभत्ता गरिब र बिपन्न नागरिकको सेवा खर्च गर्ने बताएका थिए ।

    नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यको उपस्थितिमा रसाईलीले स्टेचर वितरण गरेका थिए । यसअघि पनि वडा सदस्य रसाईलीले जैमिनी नगरपालिका—७ स्थित जनता बाल साक्षरता प्राविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, झोला वितरण गरेका थिए । त्यस्तै, संस्कृत मावि बेलवगरमा अध्ययनरत विद्यार्थीका लागि विज्ञानका प्रयोगात्मक सामग्रीहरुसमेत वितरण गरिसकेका छन् । अहिलेसम्म सरकारी तलव र आफ्नै खर्चबाट झन्डै साढे २ लाख रुपैयाँभन्दा बढीका विभिन्न सामग्री सहयोग गरिसकेका छन्

    कुनै दिन मैले भनेको थिएँ राज्यबाट पाएको सेवा सुबिधा म एक पैसा पनि प्रयोग गर्ने छैन, सोही अनुसार मैले गरेको प्रतिबद्धता पूरा गरेको हुँ । आफूले नागरिकका लागि स्टेचर हस्तान्तरण गर्न पाउँदा अझ हर्षित भएको छु । उनले भने, ‘यस अभियानमा साथ दिनुहुने सम्पूर्ण जैमिनी नगरपालिका ७ जैदी र अन्य वडाका नागरिकहरु, शिक्षक, पत्रकार, सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका साथिहरुलगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गर्न अग्रह गर्दछु ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...