News Portal

जैमिनी नगरपालिकाका वडा सदस्य रसाईलीले तलवभत्ताबाट २० स्टेचर वितरण गरे

हिमाली संचार संवाददाता
४५४ पटक

बागलुङ, २५ चैत : बागलुङको जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट टोल—टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् । जनप्रतिनिधि भएपछि रसाईलीले सरकारबाट खाइपाई पाएको तलवभत्ता सामाजिक क्षेत्रमा लगाउँदै आएका छन् ।

बिरामीलाई बोकेर तुरुन्त स्वास्थ्य संस्थासम्म पु¥याउन सहज होस् भनेर उनले आफ्नो १ लाख २० हजार (तलव भत्ता)को रकम स्टेचर वितरण गर्नमा लगाएका हुन् । स्टेचर वितरण गर्दै रसाईलीले राजनीति पेशा नभई सेवा भएकाले आफू जनप्रतिनिधि रहँदासम्म राज्यबाट प्राप्त भएको तलवभत्ता गरिब र बिपन्न नागरिकको सेवा खर्च गर्ने बताएका थिए ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यको उपस्थितिमा रसाईलीले स्टेचर वितरण गरेका थिए । यसअघि पनि वडा सदस्य रसाईलीले जैमिनी नगरपालिका—७ स्थित जनता बाल साक्षरता प्राविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, झोला वितरण गरेका थिए । त्यस्तै, संस्कृत मावि बेलवगरमा अध्ययनरत विद्यार्थीका लागि विज्ञानका प्रयोगात्मक सामग्रीहरुसमेत वितरण गरिसकेका छन् । अहिलेसम्म सरकारी तलव र आफ्नै खर्चबाट झन्डै साढे २ लाख रुपैयाँभन्दा बढीका विभिन्न सामग्री सहयोग गरिसकेका छन्

कुनै दिन मैले भनेको थिएँ राज्यबाट पाएको सेवा सुबिधा म एक पैसा पनि प्रयोग गर्ने छैन, सोही अनुसार मैले गरेको प्रतिबद्धता पूरा गरेको हुँ । आफूले नागरिकका लागि स्टेचर हस्तान्तरण गर्न पाउँदा अझ हर्षित भएको छु । उनले भने, ‘यस अभियानमा साथ दिनुहुने सम्पूर्ण जैमिनी नगरपालिका ७ जैदी र अन्य वडाका नागरिकहरु, शिक्षक, पत्रकार, सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका साथिहरुलगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गर्न अग्रह गर्दछु ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...