News Portal

आज २०७५ साल चैत २५ गते, सन् २०१९ अप्रिल ८ तारिख सोमबारको राशिफल

हिमाली संचार संवाददाता
४३१ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारका साथ विशेष अवसर प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ।

बृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छर–छिमेकमा केही असमझदारी देखिने हुँदा सावधान रहनुहोला। साँझतिर रमाइलो भेटघाटमा मन रमाउनेछ। शुभचिन्तकहरूले पनि काममा साथ दिनेछन्।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह
श्रमको उचित मूल्यांकन हुनाले राम्रो प्रतिफल हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। साँझतिर आकस्मिक खर्च बढ्नेछ भने आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। घरसल्लाह नमिल्नाले आँटेको काम रोकिन सक्छ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ भने थप जिम्मेवारी प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ। व्यापार–व्यवायासायमा राम्रो फाइदा हुनेछ। साँझतिर आयस्रोत बढ्नेछन्। तर लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिबन्धले केही समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला। मिहिनेतले आंशिक लाभ दिलाउनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले जिम्मेवारी हातलागी हुनेछ।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्ला। परिस्थितिवश काममा ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सहयोगीहरू जुट्नेछन् र समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते
साथीभाइ र परिवारजनको साथले उत्साह जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। साँझदेखि भने केही चुनौती सामना गर्नुपर्दा सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। साँझदेखि यात्राको अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। केही विवादास्पद कामको जिम्मेवारी आउन सक्छ।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश आँटेको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। तापनि लगनशीलताले फाइदा दिलाउनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। साँझतिर भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। दिगो योजनामा अघि बढ्दा साँझतिर लाभ मिल्नेछ। अध्ययन र लेखन कला निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। व्यापारमा मनग्गे लाभ हुनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। साँझतिर अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ। विवादास्पद कामले अप्ठ्यारोमा परिएला।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले मान-सम्मान दिलाउनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...