News Portal

मप विश्वविद्यालयमा नेविसंघको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप

हिमाली संचार संवाददाता
३५६ पटक

सुर्खेत, २४ चैत : नेपाल विद्यार्थी संघले मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीले बल प्रयोग गरेर नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य हरी शर्मा, मध्यपश्चिम विश्वविद्यालयका स्ववियु सभापति झक्क बहादुर शाही, नेपाल विद्यार्थी संघका नेता गौतम बिसि, राजन केशी र स्ववियु सदस्य रोशन बस्नेतलाई गिरफ्तार गरेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचिव अनुराग शाहले पुष्टि गरे ।

मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्न नखोजेको र विद्यार्थीको मुद्दालाई गुम्राहमा राख्न खोजेको भन्दै नेपाल विद्यार्थी संघले मध्यपश्चिम विश्वविद्यालयमा केही महिना अघिदेखि आन्दोलन गर्दै आएको छ।

यता नेबि संघका पुर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाईको माग गरेका छन। विद्यार्थीहरुका माग पूरा गर्न विश्वविद्यालयलाई आग्रह समेत गरेका छन।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...