News Portal

समचार प्रभाव : माेरङ मुस्लिम समाजको युवाहरुले गरे बाबुलाल हेमरमकाे परिवारलाई सहयोग

हिमाली संचार संवाददाता
६७८ पटक
रबिन्द्र बराल, मोरङ

चैत २३, शनिबार : बुवाकाे मृत्युुपछि ४ छाेरीहरु बिचल्लीमा परेको खवर हिमालीसंचार लगायत विभिन्न अनलाइनमा चैत्र १२ गते सम्प्रेशन भएपछि युवाहरुकाे हात अगाडि बढेकाे छ।

मोरङ धनपालथान गाउपालिका– ३ स्थित चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन गर्दै आएका ३२ वर्षिय वावुुलाम हेमरमकाे कल गडने क्रममा मृत्युु भएको थियो । हेमरको मृत्युुपछि सो परिवारलाई विहानवेलुुकाको छाकटार्न समेत समस्या हुुने गरेको छ ।

बुबाको मृत्युु भएपछि चारजना छोरीको विचल्ली भएकाेे समाचार सम्प्रेशन भएपछि उक्त परिवारलाई चैत्र २१ गते मोरङ मुस्लिम समाजको युवाहरुले गरिव परिवारलाई ५० केजि चामल, १० केजी दाल, नुन, चना, बिस्कुट, पाउडर, चक्लेट, १० केजी पिठाे, ५ लिटर खाने तेल, साबुन (भाडा मस्किने, नुहाउने, लुगा धुने) ५ केजी चिनी, चियापत्ती लगायतका सामाग्रीहरु दिएका थिए ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11820

नगद ८ हजार रुपैयाँ समेत दिएका थिए । साे राहत दुवारा इसान खान, दानिस इराकी, जेस नेपाल, निजाम खान र अबिसेक राय सहितकाे युवाहरुले साे सामान बितरण गरिएको थियो।

हेमरमका चार छोरी र एक श्रीमती छन। जिवनभर सुुकुुम्वासी भएर जिवन विताईरहेको परिवारमा श्रीमानकाे मृत्युु भएपछि परिवारको विचल्ली भएको भन्दै सहयोगका लागी गाउँपालिका, समाजसेवी, नागरिक समाज तथा सर्वसाधारणसंग उनले आग्रह समेत गरेकी छन ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...