News Portal

पशुपति छापाखानामा आगलागी हुँदा ३० लाखको क्षति

हिमाली संचार संवाददाता
४९८ पटक

महोत्तरी, २३ चैत : महोत्तरीको जलेश्वरमा आज बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको हो ।

सो आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेशिन, छापाखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य स्टेशनरी, फर्निचर तथा अन्य सरसामानसहित रु ३० लाखको सरसामान जलेर नष्ट भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

छापाखानामा लागेको आगलागी जलेश्वर नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा ६ः३० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...