News Portal

  • स्थानीयवासीको आवातजावतका लागि नेपाली सेनाले बनायो रंगेलीमा बाँसकाेपुल !

    हिमाली संचार संवाददाता
    ४३० पटक

    चैत्र २२, माेरङ : थलाहा स्थित नेपाली सेना सुर्यदल गणले सर्वसाधारणहरुलाई खाेला वारपारी हुन समस्य हुन थालेपछि बाँसकाे पुल निर्माण गरिदिएका छन । नेपाली सेनाका जवानहरुले सयौं सर्वसाधारणका लागि रंगेली नगरपालिका १ स्थित सखरदिना र ग्रामथानकाे वडा नम्बर ४ र लाेहन्द्रा खाेलामा बाँसकाे पुल बनाएकाे सुर्यदल गण थलाहाका सह सेनानी राजु थापाले बताउनुभयो ।

    स्थानीय वासिन्दाले अावत जावतमा समस्या भएको भन्दै बारम्बार स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारसंग पक्की पुलकाे निर्माण गर्ने जानकारी गराएता पनि स्थानीयकाे पिरमार्काकाे कुनै कुरा नसुने पछि नेपाली सेनाले अाफ्नाे श्रमदान गरि साे ठाउँमा बाँसकाे पुल बनाएकाे हाे ।

    त्यसैगरी गर्मी समय सुरु भएको हुनाले गाउँघरमा बिषालु सर्पहरुकाे टाेकाईबाट अकालमै सर्वसाधारणहरु मृत्युु हुने समय भएको हुनाले सुर्यदल गण थलाहाले श्री हंस बाहिनी सिम्रहा विद्यालयमा एक दिने सर्प दंम्स सम्बन्धित जनचेतनामूलक कार्यक्रम समेत संन्चालन गरेको छ ।

    उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिबावक तथा बिधार्थि तथा सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे । सर्प सम्बन्धित प्रक्षिक्षण सह सेनानी राजु थापाले गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...