News Portal

बेहोस बनाउने औषधि खुवाएर अनिताको हत्या

हिमाली संचार संवाददाता
५५१ पटक

कपिलवस्तु, २२ चैत : कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमानसँग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्दा किनारा लाग्ने चरणमा रहेकै बेला गत फागुन १० गते अनिता पौडेलको हत्या भएको थियो ।

त्यसलगत्तै प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । हत्याको अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई कपिलवस्तु प्रहरीले बुधबार पक्राउ गर्न सफल भएको हो । उनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिको नाम, थरसहितको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन । प्रहरी स्रोतका अनुसार पौडेललाई केकसँग बेहोस हुने औषधि खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको छ । कपिलवस्तु प्रहरीले हत्याराको खोजी गर्न प्रहरी नायब उपरीक्षक रवि रावलको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...