News Portal

बेहोस बनाउने औषधि खुवाएर अनिताको हत्या

हिमाली संचार संवाददाता
५०४ पटक

कपिलवस्तु, २२ चैत : कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमानसँग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्दा किनारा लाग्ने चरणमा रहेकै बेला गत फागुन १० गते अनिता पौडेलको हत्या भएको थियो ।

त्यसलगत्तै प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । हत्याको अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई कपिलवस्तु प्रहरीले बुधबार पक्राउ गर्न सफल भएको हो । उनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिको नाम, थरसहितको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन । प्रहरी स्रोतका अनुसार पौडेललाई केकसँग बेहोस हुने औषधि खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको छ । कपिलवस्तु प्रहरीले हत्याराको खोजी गर्न प्रहरी नायब उपरीक्षक रवि रावलको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...