News Portal

न्याय माग्दै सञ्जेलको शरणमा पुगे झापाका ३ युवा

हिमाली संचार संवाददाता
४४५ पटक

हरि अधिकारी
विराटनगर, २१ चैत : वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै झापाका तीन युवालाई दलालको समूहले काठमाडौं लगेर एक महिना राख्यो । इराकको कुर्दिस्थान पठाउने प्लेन टिकट र भिसासहितको पासपोर्ट हातमा थमाइदिएर उनीहरुसित २ लाख २० हजार रुपैया असुल गरिएको थियो ।

काठमाडौंमा एक महिना राखेपछि उनीहरुलाई दिल्ली लगियो । तर, दिल्लीमा उनहिरुलाई अलपत्र छोडेर दलालहरु हिँडे । इराक जाने आशमा दुई लाख भन्दाबढी रकम खर्चिएका उनीहरु दिल्लीमा तीन दिन अलपत्र परे । खर्च अभाव भएपछि घरबाट पैसा मगाएर गाउँ फर्किए ।

यी तीन युवा हुन्, झापा गौरादहका घनश्यामप्रसाद सिंह, पिताम्बर राजवंशी र उदय राजवंशी । दलालको समूहले झापाका युवालाई यसरी विदेशी भूमिमा लगेर अलपत्र छोडेको यो पहिलो घटना होइन । यसअघि गौरदहका रन्जय राजवंशी, मन्जय राजवंशी, जयनन्दकुमार मण्डल, बलराम मण्डल र मिलन मगरलाई भारतको मणिपुर पुर्‍याएर अलपत्र छाडेका थिए उनीहरुले ।

बर्मा हुँदै इराक जाने प्रलोभनमा परेर मणिपुरमा १६ दिन बसेका ती युवाहरुलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाललाई बुझाएको थियो । गत माघ तेस्रो साता उनीहरुसहित विभिन्न स्थानबाट मणिपुर पुर्‍याइएका १७९ नेपाली युवायुवतीको उद्दार गरिएको थियो । उद्धार गरिएकाहरु सबै घर फर्किए । तर पैसा फसेपछि उनीहरु तनावमा छन् ।

मणिपुर र दिल्लीमा अलपत्र बनेर फर्किएका १० जना युवाहरु दलाललाई पक्राउ गरी कारवाहीको माग गर्दै श्रम कार्यालय विराटनगर आएका छन् । उनीहरुले इराक पठाइदिने भन्दै गौरदह र आसपासका १० जना युवाहरुबाट १६ लाख ३० हजार रुपैया उठाएर दलाल फरार भएको भन्दै श्रम कार्यालयमा उजुरी गरेका छन् ।

दश जनालाई विदेश पठाउने दलालहरु पनि गौरादहकै हुन् । लेखराज राजवंशी, कृष्णराज राजवंशी र रामसिंह राजबंशी गाउँ छाडेर फरार भएको पिडितको भनाइ छ । उजुरी दिनेहरुमा रंजयकुमार राजवंशी, मन्जयकुमार राजवंशी, भीमप्रसाद राजवंशी, राजेशकुमार राजवंशी, घनश्यामप्रसाद सिंह, तिर्थप्रसाद राजवंशी, जीतबहादुर राजवंशी, पिताम्बर राजवंशी, जयनन्दनकुमार मण्डल र बलराम मण्डल छन् ।

सुपरमार्केट र होटलमा पठाउने भन्दै प्रतिव्यक्ति ६० हजारदेखि साढे ३ लाखसम्म उठाएर दलाल फरार भएको जीतबहादुर राजवंशीले बताए । दश जनाले लिखित उजुरी गरेपछि श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले झापा र काठमाडौं प्रहरीमा बिहिवार पत्र लेखेका छन् । उनले ठगी गर्नेलाई पक्राउ गरी उपस्थीत गराउन आग्रह गरेका छन् ।

गाउँमा दलाली काम गर्दै आएकाहरु पछिल्लो समय भागेर काठमाडौं बस्दै आएको बताइन्छ। बैदेशिक रोजगारीमा ठगिने क्रम पछिल्लो समय बढदै गएको छ । क्यानाडा, इराक लगायत देशमा श्रम गर्न जान पाउने आशामा ग्रामिण भेगका युवा ठगिएका हुन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेल भन्छन्, ‘क्यानाडा जाने नाममा मोरङको सुनबर्सी, रंगेली र सुनसरीको रामधुनीमा सोझासाझा युवाहरु ठगिएको पाइएको छ। क्यानाडा पठाउने भन्दै बाँकेका निरञ्जन पुरी, झापाका गणेप्रसाद गिरी र दिपेन्द्रकुमार झा सहितको समुहले डेढ करोडभन्दा बढी रकम लिएर फरार भएको उजुरी श्रम कार्यालयमा परेको छ ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...