News Portal

न्याय माग्दै सञ्जेलको शरणमा पुगे झापाका ३ युवा

हिमाली संचार संवाददाता
४१० पटक

हरि अधिकारी
विराटनगर, २१ चैत : वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै झापाका तीन युवालाई दलालको समूहले काठमाडौं लगेर एक महिना राख्यो । इराकको कुर्दिस्थान पठाउने प्लेन टिकट र भिसासहितको पासपोर्ट हातमा थमाइदिएर उनीहरुसित २ लाख २० हजार रुपैया असुल गरिएको थियो ।

काठमाडौंमा एक महिना राखेपछि उनीहरुलाई दिल्ली लगियो । तर, दिल्लीमा उनहिरुलाई अलपत्र छोडेर दलालहरु हिँडे । इराक जाने आशमा दुई लाख भन्दाबढी रकम खर्चिएका उनीहरु दिल्लीमा तीन दिन अलपत्र परे । खर्च अभाव भएपछि घरबाट पैसा मगाएर गाउँ फर्किए ।

यी तीन युवा हुन्, झापा गौरादहका घनश्यामप्रसाद सिंह, पिताम्बर राजवंशी र उदय राजवंशी । दलालको समूहले झापाका युवालाई यसरी विदेशी भूमिमा लगेर अलपत्र छोडेको यो पहिलो घटना होइन । यसअघि गौरदहका रन्जय राजवंशी, मन्जय राजवंशी, जयनन्दकुमार मण्डल, बलराम मण्डल र मिलन मगरलाई भारतको मणिपुर पुर्‍याएर अलपत्र छाडेका थिए उनीहरुले ।

बर्मा हुँदै इराक जाने प्रलोभनमा परेर मणिपुरमा १६ दिन बसेका ती युवाहरुलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाललाई बुझाएको थियो । गत माघ तेस्रो साता उनीहरुसहित विभिन्न स्थानबाट मणिपुर पुर्‍याइएका १७९ नेपाली युवायुवतीको उद्दार गरिएको थियो । उद्धार गरिएकाहरु सबै घर फर्किए । तर पैसा फसेपछि उनीहरु तनावमा छन् ।

मणिपुर र दिल्लीमा अलपत्र बनेर फर्किएका १० जना युवाहरु दलाललाई पक्राउ गरी कारवाहीको माग गर्दै श्रम कार्यालय विराटनगर आएका छन् । उनीहरुले इराक पठाइदिने भन्दै गौरदह र आसपासका १० जना युवाहरुबाट १६ लाख ३० हजार रुपैया उठाएर दलाल फरार भएको भन्दै श्रम कार्यालयमा उजुरी गरेका छन् ।

दश जनालाई विदेश पठाउने दलालहरु पनि गौरादहकै हुन् । लेखराज राजवंशी, कृष्णराज राजवंशी र रामसिंह राजबंशी गाउँ छाडेर फरार भएको पिडितको भनाइ छ । उजुरी दिनेहरुमा रंजयकुमार राजवंशी, मन्जयकुमार राजवंशी, भीमप्रसाद राजवंशी, राजेशकुमार राजवंशी, घनश्यामप्रसाद सिंह, तिर्थप्रसाद राजवंशी, जीतबहादुर राजवंशी, पिताम्बर राजवंशी, जयनन्दनकुमार मण्डल र बलराम मण्डल छन् ।

सुपरमार्केट र होटलमा पठाउने भन्दै प्रतिव्यक्ति ६० हजारदेखि साढे ३ लाखसम्म उठाएर दलाल फरार भएको जीतबहादुर राजवंशीले बताए । दश जनाले लिखित उजुरी गरेपछि श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले झापा र काठमाडौं प्रहरीमा बिहिवार पत्र लेखेका छन् । उनले ठगी गर्नेलाई पक्राउ गरी उपस्थीत गराउन आग्रह गरेका छन् ।

गाउँमा दलाली काम गर्दै आएकाहरु पछिल्लो समय भागेर काठमाडौं बस्दै आएको बताइन्छ। बैदेशिक रोजगारीमा ठगिने क्रम पछिल्लो समय बढदै गएको छ । क्यानाडा, इराक लगायत देशमा श्रम गर्न जान पाउने आशामा ग्रामिण भेगका युवा ठगिएका हुन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेल भन्छन्, ‘क्यानाडा जाने नाममा मोरङको सुनबर्सी, रंगेली र सुनसरीको रामधुनीमा सोझासाझा युवाहरु ठगिएको पाइएको छ। क्यानाडा पठाउने भन्दै बाँकेका निरञ्जन पुरी, झापाका गणेप्रसाद गिरी र दिपेन्द्रकुमार झा सहितको समुहले डेढ करोडभन्दा बढी रकम लिएर फरार भएको उजुरी श्रम कार्यालयमा परेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...