News Portal

अवैध रूपमा कामदार टर्की पठाउने साकुरा कन्सल्टेन्सीका सञ्चालक फरार

समाचार डेस्क
८१२ पटक

काठमाडौँ — साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सल्टेन्सीले अवैध ढंगले टर्कीमा कामदार पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई साकुराले कामदारसँग लाखौं रुपैयाँ असुल गरी टर्की पठाइरहेको पीडितहरूले बताएका छन् ।

टर्की पुगेर काम नपाएपछि फर्केका पीडित कामदारले साकुरालाई कारबाही गर्न वैदेशिक रोजगार विभागमा प्रमाणसहित उजुरी दिएका छन् । ‘हामी बूढाबूढीलाई साकुराका सञ्चालक महेन्द्र राना मगर, अर्जुन गिरी र ईश्वर राना मगरले दिल्लीबाट टर्की पठाए,’ काभ्रेका सुरज लुइँटेलले भने, ‘अन्तर्वार्ता दिने बेला कानुनी रूपमा पठाउने भनिएको थियो । तर, दिल्लीबाट पठायो ।’

तीनै आरोपी फरार छन् । महेन्द्र र ईश्वर रानाले काठमाडौंमा पैसा उठाउने र दिल्लीमा बसेर अर्जुन गिरीले कामदार पठाउने गरेका छन् । सुरज आफन्तको सहयोगमा काठमाडौं फर्केका छन् । ‘रकम जुटाउन नसकेपछि आफ्नै श्रीमतीलाई टर्कीबाट ल्याउन सकेको छैन,’ उनले भने, ‘श्रीमती टर्कीमै भेटिएका साथीहरूको सहयोगमा बसिरहेकी छिन् ।’

सुरज महेन्द्रबाट पैसा फिर्ता लिएपछि श्रीमती झिकाउने आशाबाट टर्कीबाट आएका थिए । ‘पैसा नपाएर म यता पागल झैं भौंतारिरहेको छु । उता श्रीमती रुँदै बसेकी छिन्,’ उनले भने ।

टर्की जान उनीहरूले साकुरा म्यानपावरका सञ्चालक रानालाई १५ लाख रुपैयाँ दिएका थिए । ‘केयरगिभर काममा मासिक ८ सय डलर तलब हुन्छ भनेर गएका थियौं । उता गएपछि काम दिलाउन सकेन । खाना पनि हामी आफैंले जुटाएका हौं,’ उनले भने ।

टर्कीका एजेन्टले उनीहरूलाई एउटा गार्मेन्ट उद्योगमा ३५ दिन थुनेर काममा लगाएको थियो । ‘टर्कीको एजेन्टले तीन सय ५० डलर कमिसन पाएपछि एउटा गार्मेट उद्योगमा पठायो । गार्मेन्टका मालिक बिहान ८ बजे आएर सटर खोलिदिन्थ्यो । दैनिक १५/१६ घण्टा काममा लगाउँथ्यो । त्यो काम गर्न नसक्ने भएपछि मालिकलाई ३ सय ५० डलर बुझाएर त्यहाँबाट बाहिर निस्कन पायौं,’ उनले भने, ‘त्यहाँ काम गर्दा मेरो नाकमुखबाट रगत आयो ।’

उनीहरूलाई इस्तानबुलको काक्सिन भन्ने ठाउँमा एउटा कोठाभित्र थुनेर राखिएको थियो । ‘मैले पैसा त पाइनँ । श्रीमतीलाई समेत झिक्न सकिनँ,’ उनले भने, ‘मेरो जीवन नै टक्क रोकिएको जस्तो भइरहेको छ ।’

पीडितले साकुराविरुद्ध उजुरी गरे पनि विभागबाट कारबाही अगाडि बढेको छैन । साकुराले जापान र पोल्यान्ड जाने कामदारसँग पनि पैसा उठाइरहेको छ । ‘श्रमस्वीकृतिबिना कामदार पठाउँदा झन् मानव तस्करीविरुद्ध तुरुन्तै कारबाही गर्नुपर्ने हो । सञ्चालक फरार छ । म्यानपावर भने चलिरहेको छ,’ उनले भने ।
कान्तिपुर

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...