News Portal

हावाहुरी प्रभावित क्षेत्रमा टहरा निर्माणमा जुट्यो नेविसंघ !

हिमाली संचार संवाददाता
३४० पटक

चैत २१, काठमाडौं : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ हावाहुरी प्रभावित क्षेत्र बाराको सुर्वण गाउँपालिकास्थित बबई बस्ती पुगेका छन्। हावाहुरी पीडितका लागि आवश्यक पर्ने राहत सामग्री र टहरा निर्माणका लागि खट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहित नेविसंघ बबई पुगेका हुन्।

बुधबार हावाहुरीपीडित २५० घरधुरीलाई म्याट, त्रिपाल, झुल, टर्च लाइटलगायत सामग्री वितरण गरिएको नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

‘नेविसंघ केन्द्रीय समिति र स्थानीय नेविसंघका साथीहरू मिलेर हावाहुरी प्रभावितलाई अस्थायी टहरो निर्माणमा हामी जुटेका छौं,’ भट्टले भने।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...