News Portal

वैदेशिक रोजगार विभागमा घुस लिने प्रहरी जवान पक्राउ

हिमाली संचार संवाददाता
४१७ पटक

काठमाडौं, २० चैत : काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षाका लागि खटिएका एक प्रहरी जवान १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई विभागमा खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्विकृति लिने सिलसिलामा सेवाग्राहीसँग १७ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरीले अख्तियारको टंगालस्थित कार्यालयमा बुझाइसकेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...