आज : २०२६-०६-०८, सोमबार

“नयाँ बर्ष”

मिठा कुराहरु मनमा बुन्दै
हामी बोलौला हौ नयाँ सालमा

नयाँ उमंगमा तरंगीत हुदै
मन खोलौला है नयाँ सालमा

मेरो मनमा होस् या तिम्रो मुटुमा
बलियो घर रचौला है नयाँसालमा

हर्ष र खुशीलाई मल-जल गरेर
पालुवा उमारौला है नयाँ सालमा

बिगतका तिक्तताहरु सबै भुलेर
सुन्दर सपना देखौला है नयाँ सालमा।।

– कल्पना पन्त
भौरवस्थान, सुर्खेत
हाल : काठमाडौं।