News Portal

भिनाजुको प्रेममा परेर श्रीमतीद्वारा श्रीमानको हत्या !

हिमाली संचार संवाददाता
४८८ पटक

बुटवल, १९ चैत : गत बुधबार साँझ बुटवल मैनाबगरमा भएको फिरोज हत्याकाण्डमा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ । हत्या गरिएका ४५ वर्षीय फिरोज अन्सारी (खान) की श्रीमती साहिन खातुनसँगै प्रेमसम्बन्धमा रहेका भारत बिहार बेतिया ४२ वर्षीय साधिर हुसेनले हत्या गरेको प्रहरीले जनाएको छ ।

खातुन र हुसेन नाताले साली भेना हुन् । हुसेनले बुधबार साँझ कामबाट कोठामा फर्किदै गरेका फिरोजलाई कोठा आउँदै गर्दा गेटनिर गोली प्रहार गरेर फरार भएका थिए । मोटरसाइकलमा आएका हुसेनले गोली हानी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए ।

मृत्तक फिरोजकी श्रीमती ३२ वर्षीया साहिन खातुनलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहको छ । प्रहरीले फरार रहेका हुसेनको खोजी भइरहेको छ ।

कसरी भयो हत्या ?

मैनावरको वर्कसपमा काम गर्ने फिरोज अन्सारी (खान) श्रीमती साहिनसहित विगत २० वर्षदेखि बुटवलमा बस्दै आइरहेका थिए । यही क्रममा साहिनको भेना साधिरसँग पटक–पटक भेट हुन्छ । दुवैबीच प्रेम पनि बस्छ ।

गत बुधबार साधिर नवलपारसीको त्रिवेणी नाका हुँदै बुटवलामा सालीको कोठामा आएका थिए । त्यहीँ दुई जना बीच हत्याको योजना बन्छ । योजना बनेपछि दिउँसो तीन बजे साधिर त्यहाँबाट छुट्छन् । फेरि साँझ ७ बजे हतियारसहित आउँछन् ।

दोस्रो पटक पेस्तोल लिएर आएका साधिरले वर्पसपबाट काम गरेर आएका फिरोजलाई गोली हानी फरार हुन्छन् । ४२ साधिरकी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको प्रहरीले बताएको छ ।

भारतमा पनि विभिन्न अपराधमा संलग्न हुँदै आएका साधिर र साली साहिन केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बुटवलमा वर्कपसमा बसेर गाडीको पेन्टीङ्ग गर्ने फिरोजले साहिनसँग मागी विवाह गरेका थिए ।

बुधबार साँझ हत्या अघि श्रीमती खातुनले १० वर्षका छोरा रेहान र ९ बर्षका आरिषलाई कोठामा थुनेर राखेकी थिइन् । श्रीमान् आउने बेला भएपछि साधिर र साहिन दुवै जनाले बाटोमा नै फिरोजलाई कुरेर बसे । जब फिरोज कामबाट घर फर्किए, हुसेनले अंकमाल गरेजस्तो गरी फिरोजमाथि गोली बर्साए ।

गोली प्रहारबाट फिरोज त्यहीँ ढले । हुसेन लगत्तै त्यहाँबाट फरार भए भने श्रीमतीले केही समयपछि चिच्याए जस्तो गरिन् । त्यसपछि फिरोजलाई ई–रिक्सामा राखेर लुम्बिनी प्रादेशीक अस्पालमा पुर्याइयो जहाँ अस्पतालले उनलाई मृत्त घोषाणा गर्यो।

श्रीमतिमाथि यस्ता थिए शंका गर्ने ठाउँ !

प्रहरीले शुरुदेखि नै श्रीमती गतिविधीलाई नियालेको थियो । प्रहरी प्रमुख थापा भन्छन्, ‘हत्या हुँदा उनले आफू कोठाभित्र रहेको बताएकी थिइन् । तर उनका छोराहरुले भने आफूहरुलाई भित्र थुनेर मम्मी बाहिर रहेको बताएका थिए।

यहीँबाट प्रहरीले साहिनमाथि शंका गर्न शुरु गरेको थियो । पछि उनको मोबाइलको कल डिटेलबाट हत्याबारे थप रहस्य खुलेको थियो रातोपाटीले खवर लेखेको छ ।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...