News Portal

भिनाजुको प्रेममा परेर श्रीमतीद्वारा श्रीमानको हत्या !

हिमाली संचार संवाददाता
५३६ पटक

बुटवल, १९ चैत : गत बुधबार साँझ बुटवल मैनाबगरमा भएको फिरोज हत्याकाण्डमा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ । हत्या गरिएका ४५ वर्षीय फिरोज अन्सारी (खान) की श्रीमती साहिन खातुनसँगै प्रेमसम्बन्धमा रहेका भारत बिहार बेतिया ४२ वर्षीय साधिर हुसेनले हत्या गरेको प्रहरीले जनाएको छ ।

खातुन र हुसेन नाताले साली भेना हुन् । हुसेनले बुधबार साँझ कामबाट कोठामा फर्किदै गरेका फिरोजलाई कोठा आउँदै गर्दा गेटनिर गोली प्रहार गरेर फरार भएका थिए । मोटरसाइकलमा आएका हुसेनले गोली हानी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए ।

मृत्तक फिरोजकी श्रीमती ३२ वर्षीया साहिन खातुनलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहको छ । प्रहरीले फरार रहेका हुसेनको खोजी भइरहेको छ ।

कसरी भयो हत्या ?

मैनावरको वर्कसपमा काम गर्ने फिरोज अन्सारी (खान) श्रीमती साहिनसहित विगत २० वर्षदेखि बुटवलमा बस्दै आइरहेका थिए । यही क्रममा साहिनको भेना साधिरसँग पटक–पटक भेट हुन्छ । दुवैबीच प्रेम पनि बस्छ ।

गत बुधबार साधिर नवलपारसीको त्रिवेणी नाका हुँदै बुटवलामा सालीको कोठामा आएका थिए । त्यहीँ दुई जना बीच हत्याको योजना बन्छ । योजना बनेपछि दिउँसो तीन बजे साधिर त्यहाँबाट छुट्छन् । फेरि साँझ ७ बजे हतियारसहित आउँछन् ।

दोस्रो पटक पेस्तोल लिएर आएका साधिरले वर्पसपबाट काम गरेर आएका फिरोजलाई गोली हानी फरार हुन्छन् । ४२ साधिरकी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको प्रहरीले बताएको छ ।

भारतमा पनि विभिन्न अपराधमा संलग्न हुँदै आएका साधिर र साली साहिन केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बुटवलमा वर्कपसमा बसेर गाडीको पेन्टीङ्ग गर्ने फिरोजले साहिनसँग मागी विवाह गरेका थिए ।

बुधबार साँझ हत्या अघि श्रीमती खातुनले १० वर्षका छोरा रेहान र ९ बर्षका आरिषलाई कोठामा थुनेर राखेकी थिइन् । श्रीमान् आउने बेला भएपछि साधिर र साहिन दुवै जनाले बाटोमा नै फिरोजलाई कुरेर बसे । जब फिरोज कामबाट घर फर्किए, हुसेनले अंकमाल गरेजस्तो गरी फिरोजमाथि गोली बर्साए ।

गोली प्रहारबाट फिरोज त्यहीँ ढले । हुसेन लगत्तै त्यहाँबाट फरार भए भने श्रीमतीले केही समयपछि चिच्याए जस्तो गरिन् । त्यसपछि फिरोजलाई ई–रिक्सामा राखेर लुम्बिनी प्रादेशीक अस्पालमा पुर्याइयो जहाँ अस्पतालले उनलाई मृत्त घोषाणा गर्यो।

श्रीमतिमाथि यस्ता थिए शंका गर्ने ठाउँ !

प्रहरीले शुरुदेखि नै श्रीमती गतिविधीलाई नियालेको थियो । प्रहरी प्रमुख थापा भन्छन्, ‘हत्या हुँदा उनले आफू कोठाभित्र रहेको बताएकी थिइन् । तर उनका छोराहरुले भने आफूहरुलाई भित्र थुनेर मम्मी बाहिर रहेको बताएका थिए।

यहीँबाट प्रहरीले साहिनमाथि शंका गर्न शुरु गरेको थियो । पछि उनको मोबाइलको कल डिटेलबाट हत्याबारे थप रहस्य खुलेको थियो रातोपाटीले खवर लेखेको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...