News Portal

काठमाडौँ मै दलित भन्दै महिला माथी निर्घात कुटपिट (भिडियो हेर्नुहोस)

हिमाली संचार संवाददाता
६५५ पटक

काठमाण्डौ, १९ चैत : काठमाडौ जस्तो ब्यस्त शहर राजधानीमा पनि जातीय विभेद र अपमानका शिकार प्राय बाहिरी जिल्लाबाट पढन, रोजगार र विभिन्न कामको शिलशिलामा आउने दलित समुदायका युवायुवती तथा परिवारहरु बिभेदका शिकार भईरहेका छन ।

अहिलेको यो युगमा पनि आफ्नो जात लुकाएर बस्नु पर्ने बाध्यता छ । राजधानी काठमाडौमा दलित भने पछि घरबेटीले कोठा नै नदिने या जात थाहा पाइसके पछि कोठाबाट निकाल्ने,कोठा कै छेउछाउमा बस्ने अन्य समुदायका मानिसले जातीय विभेद र अपमान गर्ने र कुटपिट गर्ने गरेका घटना निकै घटि रहेका छन् ।

त्यस्तै गत आइतबार अर्थात् चैत १७ गते ९ महिने सुत्केरी कल्पना सुनार माथी निर्घात कुटपिट भएको छ । तार्केस्वर गाउँपालिका, बुधसिङ नुवाकोट घर भएका कि २८ बर्षिया कल्पना श्रीमान धुर्ब सुनारसंग बिगत १ बर्ष देखी काठमाण्डौको गोलढुङ्गा, सातधारामा सुनचाँदीको काम गर्दै बसीरहेका छन। एउटै घर भाडमा बस्ने रिता आले मगर र सन्तोसी आले मगर दुई दिदि बहिनीले सानो जात भन्दै कल्पनालाई निर्घात कुटपिट गरेका छन ।

पीडित कल्पनालाई केहि समय अघि देखी देख्ना साथ थुक्ने, शौचालय एउटै प्रयोग हुदा चप्पल छोइयो भन्ने,दलितले लगाएको चप्पल छि छि भन्ने, थुक्ने, सानो जात कमिनी भनी जातीय विभेद र अपमानका अनेकौँ दुरब्यबहार गर्ने गरीरहेका थिए।

धेरै समय देखि यस्तो ब्यबहार गर्दा पनि सहन बाध्य बने कि कल्पना सुनारलाई १७ गते आइतबार आले दिदि बहिनीले कल्पना हिडिरहेको बेलामा माथी छतबाट शरीरमा थुक्दा किन थुक्नु भएको भन्दा कामीलाई जे गर्दा पनि हुन्छ भन्दै आफुमाथी कुटपिट भएको पिडित कल्पना बताउछिन ।

आईतबार बिहान अन्य भाडामा बस्ने मान्छेहरु र घरबेटि न उठेको मौका छोपी रिता आले मगर र सन्तोसी आले मगर दुईजना दिदि बहिनी मिलेर कल्पना सुनारलाई सानोजात भन्दै निर्घात रुपमा कुटपिट भएको छ ।

कुटपिटबाट शख्त बनेकि कल्पनाको लातीले पेटमा हान्दा पाठेघरमा रगत जमेको र कानमा थप्पड हान्दा कान सुन्निएर राम्रो संग सुन्न नसकेको अबस्था रहेको छ भने र घाँटी र शरीरका अन्य भागमा कुटेर सबै घाउ र निल डाम देखिएको छ । त्यति धेरै मरणासन्य हुने गरी कुटपिट हुदासम्म सबै बेखबर थिए।

कुटपिट गर्ने रुपा र सन्तोसी दिदि बहिनीलाई सोमबार महानगरीय प्रहरी परिसर बालाजुले पक्राउ गरी अनुसन्धान र सोधपुछका लागी अहिले प्रहरी हिरासतमा राखेको छ ।

https://youtu.be/nkKocBaZ0ho

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...