News Portal

काठमाडौँ मै दलित भन्दै महिला माथी निर्घात कुटपिट (भिडियो हेर्नुहोस)

हिमाली संचार संवाददाता
६२० पटक

काठमाण्डौ, १९ चैत : काठमाडौ जस्तो ब्यस्त शहर राजधानीमा पनि जातीय विभेद र अपमानका शिकार प्राय बाहिरी जिल्लाबाट पढन, रोजगार र विभिन्न कामको शिलशिलामा आउने दलित समुदायका युवायुवती तथा परिवारहरु बिभेदका शिकार भईरहेका छन ।

अहिलेको यो युगमा पनि आफ्नो जात लुकाएर बस्नु पर्ने बाध्यता छ । राजधानी काठमाडौमा दलित भने पछि घरबेटीले कोठा नै नदिने या जात थाहा पाइसके पछि कोठाबाट निकाल्ने,कोठा कै छेउछाउमा बस्ने अन्य समुदायका मानिसले जातीय विभेद र अपमान गर्ने र कुटपिट गर्ने गरेका घटना निकै घटि रहेका छन् ।

त्यस्तै गत आइतबार अर्थात् चैत १७ गते ९ महिने सुत्केरी कल्पना सुनार माथी निर्घात कुटपिट भएको छ । तार्केस्वर गाउँपालिका, बुधसिङ नुवाकोट घर भएका कि २८ बर्षिया कल्पना श्रीमान धुर्ब सुनारसंग बिगत १ बर्ष देखी काठमाण्डौको गोलढुङ्गा, सातधारामा सुनचाँदीको काम गर्दै बसीरहेका छन। एउटै घर भाडमा बस्ने रिता आले मगर र सन्तोसी आले मगर दुई दिदि बहिनीले सानो जात भन्दै कल्पनालाई निर्घात कुटपिट गरेका छन ।

पीडित कल्पनालाई केहि समय अघि देखी देख्ना साथ थुक्ने, शौचालय एउटै प्रयोग हुदा चप्पल छोइयो भन्ने,दलितले लगाएको चप्पल छि छि भन्ने, थुक्ने, सानो जात कमिनी भनी जातीय विभेद र अपमानका अनेकौँ दुरब्यबहार गर्ने गरीरहेका थिए।

धेरै समय देखि यस्तो ब्यबहार गर्दा पनि सहन बाध्य बने कि कल्पना सुनारलाई १७ गते आइतबार आले दिदि बहिनीले कल्पना हिडिरहेको बेलामा माथी छतबाट शरीरमा थुक्दा किन थुक्नु भएको भन्दा कामीलाई जे गर्दा पनि हुन्छ भन्दै आफुमाथी कुटपिट भएको पिडित कल्पना बताउछिन ।

आईतबार बिहान अन्य भाडामा बस्ने मान्छेहरु र घरबेटि न उठेको मौका छोपी रिता आले मगर र सन्तोसी आले मगर दुईजना दिदि बहिनी मिलेर कल्पना सुनारलाई सानोजात भन्दै निर्घात रुपमा कुटपिट भएको छ ।

कुटपिटबाट शख्त बनेकि कल्पनाको लातीले पेटमा हान्दा पाठेघरमा रगत जमेको र कानमा थप्पड हान्दा कान सुन्निएर राम्रो संग सुन्न नसकेको अबस्था रहेको छ भने र घाँटी र शरीरका अन्य भागमा कुटेर सबै घाउ र निल डाम देखिएको छ । त्यति धेरै मरणासन्य हुने गरी कुटपिट हुदासम्म सबै बेखबर थिए।

कुटपिट गर्ने रुपा र सन्तोसी दिदि बहिनीलाई सोमबार महानगरीय प्रहरी परिसर बालाजुले पक्राउ गरी अनुसन्धान र सोधपुछका लागी अहिले प्रहरी हिरासतमा राखेको छ ।

https://youtu.be/nkKocBaZ0ho

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...