News Portal

रकम हिनामिनामा उपमेयर पनि संलग्न भएको खुलासा

एकैदिन ५ पटक भात र ५ पटक नास्ता खाएको बील !

हिमाली संचार संवाददाता
५७१ पटक

नेपालगन्ज, १९ चैत : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइले गरेको रकम हिनामिनामा उपमेयर उमा थापामगर पनि संलग्न भएको पाइएको छ । उपमेयर थापाले नेतृत्व गरेको एक कार्यक्रमको सम्पूर्ण बील भर्पाइहरु हेर्दा यस रकम हिनामिनामा उपमेयर थापा संलग्न भएको पाइएको हो ।

कर्मचारीले नराम्रो कार्य गरे खबरदारी गर्नुपर्ने जनप्रतिनीधि उपमेयर थापानै रकम अनियमितामा संलग्न रहन पुगिन् । सुन्दा सबैलाई अचम्म र हाँसो पनि लाग्न सक्छ । उपमेयर थापाले एकै दिन ५ पटकसम्म खाना र खाजा खाएको बील उपमहानगरपालिकामा पेश गरेकी छन् ।

नेपाली काँग्रेसबाट उपमेयरबनेकी थापासंगै प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइ, पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले, पत्रकार आलम खान, उपमहानगरकै कर्मचारी कृष्णप्रसाद जोशी, पत्रकार रुपा गहतराजले एकै दिन ५ पटकसम्म खाना खाएको उपमहानगरपालिकामा पेश गरेको बीलमा उल्लेख छ ।

नेपाली काँग्रेसबाट उपमेयरबनेकी उपमेयर थापा सहित ६ जनाको टोलीले मिति २०७५ असार १८ गते एकै दिन ५ पटक खाना र ५ पटक खाजा खाएका छन् ।  सो को बील एक जनाको ५ सयका दरले १२ हजार ५ सयको खाना र खाजा खाएको उपमहानगरपालिकामा पेश गरेका छन् ।

पेश गरेको बील जानकी रेष्टुरेण्ट नेपालगन्ज भनेर रहेको छ । एकै दिन एक जनाले ५ पटक खाना र ५ खाजा खाएको लेखिएको उक्त बील जानकी रेष्टुरेण्टले नेपाल पत्रकार महासंघको नाममा काटेको छ ।

उपमहानगरपालिकामा पेश गरेको जानकी रेष्टुरेण्टको बील अनुसार, मिति २०७५ असार १८ गते बील न. ८९९४ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९५ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९६ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९७ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय र मिति २०७५ असार १८ गते बील न. ८९९८ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय गरी १२ हजार ५ सयको बील रहेको छ ।

उक्त बीलको हिसाब फरफारक गर्नका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले महासंघकै लेटरप्याडमा छाप लगाएर २०७५ असार२४ गते नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको छ । यस बारे नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले आफुले कागजातहरुमा हस्ताक्षर गरेको र आफुलाई अरु केही थाहा नभएको बताइन् । ५ पटक खाना खाएको भनिएकी रुपा गहतराजले ५ पटक खाना नखाएको बताईन् । ‘खना त खाइयो होला, ५ पटक खाइएन । साथीभाइले बील मिलाउनलाई मिलाए होलान् ।

नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको ९ लाख ३४ हजार मध्यको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना गरेका छन् । नक्कली हस्ताक्षर र नक्कली बील बनाएर चौलागाइ र थारुले रकम हिनामिना गरेका हुन् ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले तयार पारेर उपमहानगरपालिकामा बुझाएको हरहिसाबको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र वाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल सहित २ दर्जन भन्दा बढी पत्रकारको नक्कली हस्ताक्षर गरी रकम हिनामिना गरेको प्रष्ट रुपमा देखिएको छ ।

त्यति मात्र नभइ कार्यक्रममै उपस्थित नभएका झा र पोखरेलको नाममा नक्कली हवाई टिकट, सहजकर्ताको भत्ता, २ दिनसम्म बास बसाएको नक्कली बील अध्यक्ष थारु र चौलागाईले उपमहानगरपालिकामा पेश गरेका छन् । प्रत्येक प्रतिवेदन र बीलमा पत्रकार महासंघ बाँकेको छाप, हस्ताक्षर र प्रेस सल्लाहकार चौलागाइको हस्ताक्षर रहेको छ । यसको नेपालगन्ज उपमहानगरपालिकाले समिति गठन गरेर छानबिन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...