News Portal

ठकुरीहरूको महाकुम्भ चैत ३० मा मकवानपुरको हेटौंडामा हुँदै

हिमाली संचार संवाददाता
६५८ पटक

नेपालगन्ज, १७ चैत : “अनेकतामा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता” भन्ने मुला नारा र उद्देश्य बोकि बिश्वभर छरिएका ठकुरीहरूको छाता संगठन ठकुरी सहयोग संजालले आफ्नो स्थापनाकाल देखि हरेक बर्षको अन्तिम महिनाको अन्तिम शनिवार बिश्व भरीका ठकुरीहरू लाई एउटै मंचमा समेटने प्रयास गरी “बृहत ठकुरी भेला” को आयोजना गर्दै आएको छ भने यो बर्ष संजालले सो भेला मकवानपुरको हेटौंडामा गर्ने भएको छ ।

संजालले यस अघि काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक र बाँकेमा सो भेला आयोजना गरिसकेको छ भने यो बर्ष मकवानपुरको हेटौंडामा हुन गईरहेको छैटौं बृहत ठकुरी भेलालाई सफल पार्नको लागि र बृहत रुपमा ठकुरी एकताको पहल बिश्वभरका ठकुरी समुदायमा ठकुरी सहयोग संजाल प्रदेश नम्बर पाँचका प्रमुख संयोग जंग शाह र कर्णाली प्रदेशका प्रमुख देब बहादुर शाहीले संयुक्त रूपमा आव्हान गरेका छन् ।

चैत ३० मा हुने “बृहत ठकुरी भेला” मा प्रदेश पाँच र कर्णाली प्रदेश अन्तरगतका संगठित जिल्ला तथा इकाई कमिटीलाई संजालका पदाधिकारीहरू अनिवार्य रूपमा उपस्थित हुन निर्देशन समेत दिइएको कर्णाली प्रदेशका प्रमुख देब बहादुर शाहीले बताउनुभयो ।

साथै भेलाको बारेमा बोल्दै प्रदेश पाँचका प्रमुख संयोग जंग शाहले – यस्ता भेलाले मेची देखी महाकाली सम्मका ठकुरीहरूमा एकता र भाईचाराको मुल सन्देश जाने कुरा बताउनुभयो । प्रदेश प्रमुख शाह संजालको पाँचौ बृहत भेलाको संयोजक समेत थिए ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...