News Portal

ठकुरीहरूको महाकुम्भ चैत ३० मा मकवानपुरको हेटौंडामा हुँदै

हिमाली संचार संवाददाता
६३२ पटक

नेपालगन्ज, १७ चैत : “अनेकतामा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता” भन्ने मुला नारा र उद्देश्य बोकि बिश्वभर छरिएका ठकुरीहरूको छाता संगठन ठकुरी सहयोग संजालले आफ्नो स्थापनाकाल देखि हरेक बर्षको अन्तिम महिनाको अन्तिम शनिवार बिश्व भरीका ठकुरीहरू लाई एउटै मंचमा समेटने प्रयास गरी “बृहत ठकुरी भेला” को आयोजना गर्दै आएको छ भने यो बर्ष संजालले सो भेला मकवानपुरको हेटौंडामा गर्ने भएको छ ।

संजालले यस अघि काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक र बाँकेमा सो भेला आयोजना गरिसकेको छ भने यो बर्ष मकवानपुरको हेटौंडामा हुन गईरहेको छैटौं बृहत ठकुरी भेलालाई सफल पार्नको लागि र बृहत रुपमा ठकुरी एकताको पहल बिश्वभरका ठकुरी समुदायमा ठकुरी सहयोग संजाल प्रदेश नम्बर पाँचका प्रमुख संयोग जंग शाह र कर्णाली प्रदेशका प्रमुख देब बहादुर शाहीले संयुक्त रूपमा आव्हान गरेका छन् ।

चैत ३० मा हुने “बृहत ठकुरी भेला” मा प्रदेश पाँच र कर्णाली प्रदेश अन्तरगतका संगठित जिल्ला तथा इकाई कमिटीलाई संजालका पदाधिकारीहरू अनिवार्य रूपमा उपस्थित हुन निर्देशन समेत दिइएको कर्णाली प्रदेशका प्रमुख देब बहादुर शाहीले बताउनुभयो ।

साथै भेलाको बारेमा बोल्दै प्रदेश पाँचका प्रमुख संयोग जंग शाहले – यस्ता भेलाले मेची देखी महाकाली सम्मका ठकुरीहरूमा एकता र भाईचाराको मुल सन्देश जाने कुरा बताउनुभयो । प्रदेश प्रमुख शाह संजालको पाँचौ बृहत भेलाको संयोजक समेत थिए ।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...