News Portal

  • जाजरकोटमा काँग्रेस नेता स्वर्गिय रविन्द्रको सालिक अनावरण

    हिमाली संचार संवाददाता
    ३६८ पटक

    जनक केसी 
    चैत १७, जाजरकोट : नेपाली काँग्रेस जाजरकोटका पुर्व नेता, नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका पुर्व सदस्य तथा पाँच तारा युवा संरक्षक मन्च जाजरकोटका पुर्व अध्यक्ष, युवा समाजसेवी स्वर्गिय रविन्द्र शम्सेर शाहको अर्धकदको शालिक जाजरकोट खलंगामा अनावरण गरिएको छ । दुइ वर्ष अघि सदरमुकाम खलंगामा विभत्स ढंगले हत्या गरिएका शाहको अर्धकदको सालिक भव्य स्मृति सभाको आयोजना गरेर अनावरण गरिएको हो ।

    भेरी नगरपालिका वडा नम्वर ३ थाप्लेचौरमा विभत्स ढंगले हत्या गरिएका शाहको सम्मान र सम्झनामा निर्माण गरिएको अर्धकदको सालिक जिल्ला समन्वय समितिका प्रमुख मनवहादुर रावलले एक कार्यक्रमका विच अनारवरण गरे ।

    पुर्व साँसद राजीवविक्रम शाह, पाँचतारा युवा संरक्षक मन्चका कर्मचारी र अन्यको सहयोगमा चार लाख वढीको लागतमा निर्माण गरिएको शाहको सालिक जिल्ला समन्वय समितिका प्रमुख रावलले अविरको टीका र सयपत्रीको माला लगाएर अनावरण गरे ।

    शाहको दोस्रो स्मृति दिवसको अवसरमा पाँच तारा युवा संरक्षक मन्च जाजरकोटले सदरमुकाम खलंगामा आयोजना गरेको स्मृति सभाको अवसरमा मन्चको कार्यालय रहेको शाहकै घरको आँगनमा सालिक अनावरण गरिएको हो । सालिक अनावरण तथा स्मृति सभाको कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका प्रमुख रावलले रविन्द्र शाहको हत्या पास्वीक र निर्मम मात्र नभइ गम्भीर अपराधीक भएको वताए ।

    स्वर्गिय रविन्द्रका वुवाआमाले न्याय नपाउनु भनेको आम जनताले न्याय नपाउनु जस्तै भएको उनले वताए ।कार्यक्रममा पुर्व साँसद गोविन्दविक्रम शाहले युवा समाजसेवी रविन्द्रको हत्याले जाजरकोटको युवा अभियानमा ठुलो क्षति पुगेको वताए । अपराधिक समुहले रविन्द्रको हत्या गरेर जिल्लाको सामाजिक विकासको लागि शसक्त युवा अभियानमा ठेस पुरयाएको वताए ।

    कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले युवा समाजसेवी तथा नेता रविन्द्र शाहको मृत्युले जिल्लालाइ ठुलो क्षति पुगेको वताए । उनले रविन्द्रको परिवारमाथिको अन्याय र अपराध सारा जिल्लावासी माथिको अन्याय र अपराध भएको वताए ।

    यस्तै प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले युवा समाजसेवी रविन्द्रको हत्या गर्नेहरु चरम अपराधी भएको र उनीहरुलाइ कुनै पनि हालतमा कारवाहि हुनै पर्ने वताए । समाज र देशले आसा गरेको भरपर्दाे युवाको हत्या गर्नु भनेको समाज परिवर्तनको सकरात्मक यात्रामा अवरोध सिर्जना गर्नु मात्र भएको प्रमुख जिल्ला अधिकारी वस्नेतले वताए ।

    हत्या र आतंकले समाज विगार्ने वाहेक कुनै पनि गतिलो काम हुनै नसक्ने उनको भनाइ थियो । पाँच तारा युवा संरक्षक मन्चकी उपाध्यक्ष आसा कार्कीले स्वागत मन्तव्य दिएको कार्यक्रम मन्चका अध्यक्ष रामजंग शाहको अध्यक्षतामा भएको थियो ।

    स्मृति सभामा जिल्लाका विभिन्न राजनैतिक दल, पत्रकार,नागरिक समाज, सरकारी कर्मचारी जनप्रतिनिधि, सर्वसाधारण र अन्य सरोकारवाला हरुको व्यापक उपस्थिति रहेको थियो । स्वर्गिय शाहको २०७३ चैत्र १५ गते अपराधिक समुहले निर्मम ढंगले हत्या गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...