News Portal

कांग्रेसबाट निर्वाचित मेयरले पुर्‍याए घरघरमा पाइपलाइनबाट ग्याँस,ओली सरकार गफमा मात्रै सिमित !

हिमाली संचार संवाददाता
१०९९ पटक

काठमाडौँ – निर्वाचनका बेला जनतालाई झुक्याउन घरघरमा पाइपलाइनबाट ग्याँस पुर्याउने दावी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्को भाँच्न नसकिरहेको बेला कांग्रेसबाट निर्वाचित एक जना मेयरले जनताको चुल्हो–चुल्होमा पाइपलाइनबाट ग्याँस पुर्याएका छन् ।

ओलीको स्टाइलमा कुनै हल्लाखल्ला र गफ नगरीकनै कांग्रेसी मेयरको क्षेत्रमा प्रशंसनीय काम भएको छ । कांग्रेसबाट उम्मेदवार भएका भीम पराजुलीले जितेको विराटनगर महानगरपालिकामा अहिले पाइपलाइनबाट ग्याँस वितरण भइरहेको छ । विराटनगर महानगरपालिका–१४ का घरघरमा पाइपबाट ग्याँस पुगेको छ ।

स्थानीय स्तरमा पाइपलाइन सञ्जाल बनेपछि गोवरबाट उत्पादन भएको ग्याँस चुल्होसम्म पुगेको हो । गौसेवा सदन विराटनगर महानगरपालिका–१४ मा गौशाला सञ्चालन गरेको छ ।

गौशालाको गोवरबाट वायोग्याँस उत्पादन गरेर जनताको घरदैलोमा पुगेको छ । केहीको घरमा ग्याँस बलिसकेको छ भने केहीको घरमा पाइपलाइन पुग्ने प्रक्रियामा रहेको छ ।

स्थानीय स्तरमा पाइपलाइन सञ्जाल बनेपछि गोवरबाट उत्पादन भएको ग्याँस चुल्होसम्म पुगेको हो । गौसेवा सदन विराटनगर महानगरपालिका–१४ मा गौशाला सञ्चालन गरेको छ ।

गौशालाको गोवरबाट वायोग्याँस उत्पादन गरेर जनताको घरदैलोमा पुगेको छ । केहीको घरमा ग्याँस बलिसकेको छ भने केहीको घरमा पाइपलाइन पुग्ने प्रक्रियामा रहेको छ ।

वायोग्याँस उत्पादनका लागि गौशालामा रहेका २ सय ७ गाईको गोवर संकलन गर्ने गरिएको गौसेवा सदनका प्रबन्धक सन्तोष यादवले जानकारी दिए ।

स्थानीय स्तरका ३२ घरमा ग्याँस पुर्याउन पाइप जडान गरिएको छ । ग्याँस प्लान्टबाट घरहरू ३ सय मिटर आसपास रहेका छन् । विश्व बैंकको ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले ग्याँस घरघरमा पुगेको यादवले बताए ।

गौशाला विक्रम सम्वत् २०४२ सालदेखि सञ्चालनमा छ । गौशालाबाट उत्पादित गोवरलाई सदुपयोग गर्न ग्याँस उत्पादन सुरु गरिएको यादवले बताए । ग्याँस उत्पादन गर्न गौशाला क्षेत्रमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने काम पूरा भएको छ ।

ग्याँस खर्च भएको र बिल भुक्तानीको हिसाबकिताब गर्न ग्याँसको रेगुलेटरसँगै मिटर समेत जडान गरिएको छ । मोटरमा आएको नम्बरका आधारमा गौसेवा सदनलाई बिल भुक्तानी गर्नुपर्ने छ ।

पाइपलाइनबाट घरघरमा ग्याँस पुर्याउने गफ दिएर सरकारको प्रधानमन्त्री भएका प्रधानमन्त्रीले केही गर्न नसकिरहेको बेला कांग्रेसी मेयरले जितेको विराटनगरमा भने गफ र हल्ला बिना नै चुल्होचुल्होमा पाइपलाइनबाट ग्याँस पुगेको छ ।
मकालुखबर

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...