News Portal

“अप्रिल फुल”मा माइक्रोसफ्टले लगायो प्रतिबन्ध

हिमाली संचार संवाददाता
५०४ पटक

एजेन्सी : यो वर्ष माइक्रोसफ्ट कम्पनीमा कुनैपनि अप्रिल फुल प्रांक हुनेछैन । किनकी माइक्रोसफ्ट कम्पनीले आफ्ना कर्मचारीहरुलाई अप्रिल फुलको दिन कुनैपनि कर्पोरेट प्रांक नगर्न निर्देशन दिएको छ । माइक्रोसफ्टकी मार्केटिङ विभाग प्रमुख क्रिस क्यापोसेलाले जारी गरेको निर्देशनमा कर्मचारीहरुलाई आगामी अप्रिल १ मा मनाइने अप्रिल फुल डे मा कुनैपनि अफवाह फैलाउने वा ढाँट्ने काममा नलाग्न भनिएको छ ।

निर्देशनमा भनिएको छ, ‘कम्पनीले पछिल्लो दिनमा सामना गरिरहेको आलोचनालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुलाई अप्रिल फुल दिवसको कुनैप्नि स्टन्टमा सहभागी नहुन आग्रह गरिन्छ। यस्ता गतिविधिमा आफ्नो समय तथा श्रोत खेर फाल्नु फाइदाजनक हुँदैन ।’ साथै त्यस्ता स्टन्टबाजीको सकारात्मक असर कम हुने र उल्टै अनिच्छित तथा अकल्पनीय खालका समाचारको चक्र सुरु हुने पनि निर्देशनपत्रमा लेखिएको छ ।

माइक्रोसफ्टले आफ्नो अफिस एसिस्टेन्ट टुल क्लिप्पी पुनस्र्थापित गरी अर्को दिनमै हटाएको एकदिन पछि अप्रिल फूलमाथि प्रतिबन्ध लगाउने यस्तो आदेश आएको हो । यसअघिका वर्षहरुमा प्रसस्तै अप्रिल फुल प्रांकहरुमा सहभागी भएको माइक्रोसफ्टले पहिलोपटक अप्रिल फुलमाथि बन्देज लगाएको हो ।

सन् २०१५ मा माइक्रोसफ्टले अप्रिल फुल मनाउँदै विन्डोज फोनका लागि एमएस डस मोबाइल एप लञ्च गरेको घोषणा गरेको थियो । सन् २०१३ मा गुगल र माइक्रोसफ्ट दुबैले अप्रिल फुल मनाउँदै एक अर्काको खिल्ली उडाएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...