News Portal

दैलेखको भगवतिमाईमा एक व्यक्तिको शव फेला

हिमाली संचार संवाददाता
६९७ पटक
कृष्ण प्रसाद अधिकारी

दैलेख, १६ चैत : दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहेल्तोलीको सान्ताडामा एक व्यक्ति मृत फेला परेका छन् । सोहि ठाउँँका ४७ बर्षिया हेमराज रेग्मी शनिवार विहान मृत फेला परेका हुन् । उनको शव मेहेल्तोलीको भराईनीकटी धनधने सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँ अनुसार मृतक रेग्मी (चैत १३ गते) विहिवार घरबाट मेहेल्तोली गाउँ जान्छु भन्दै निस्किएका थिए । घरबाट निस्किएको तीन दिनसम्म पनि घर नफर्कीएपछि परिवारले खोजी सुरु गरेको थियो ।

खोजी गर्दै जाँदा उनको शव शनिवार विहान मृत अवस्थामा फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरिक्षक आचार्यले दिनुभएको जानकारी अनुसार रेग्मीको मृत्युको कारण खुलेको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...