News Portal

छानविन समितिमाथि उपमेयरको दवाव !

हिमाली संचार संवाददाता
४१७ पटक

नेपालगन्ज, १५ चैत : नेपालगन्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ बाँकेलाई दिएको रकममा अनियमितता भएको भन्दै छानविन गर्न बनेको छानविन समितिमा उपमेयर उमा थापा मगरले दवाव दिइरहेको बताइएको छ । उपमेयर थापाले छानविन समितिका सदस्यहरुलाई आफु अनुकुल प्रतिवेदन आउने गरी छानविन गर्न दवाव दिइरहेको उपमहानगरका कर्मचारीले जानकारी दिए ।

उपमहानगर स्रोतले भन्यो ‘उपमेयर ज्यूले छानविन समितिका केही सदस्यलाई पालैपालो आफ्नो कोठामा गोप्य रुपमा बोलाउने र त्यसै अनुसार छानविन गर्न भन्नु भएको रहेछ, ती सदस्यले बाहिर आएर मलाई भने । छानविन समितिमा सुरुमै टाँठाबाठा वडा अध्यक्ष तथा सदस्यहरु कोही पनि बस्न नमानेपछि अलि सिधा छानी–छानी समिति बनाइएको थियो ।

उपमहानगरपालिकाले कार्यपालिका सदस्य कौशल कुमार धोवीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । उक्त समितिलाई ७ दिनको म्याद दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको ९ लाख ३४ हजार मध्येको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु मिलेर हिनामिना भएको हो ।

नक्कली हस्ताक्षर र नक्कली बील बनाएर चौलागाइ र थारुले रकम हिना–मिना गरेका हुन् । उपमहानगरपालिकाले छुट्याएको सञ्चार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत महासँघलाई दिएको रकममा किर्ते हस्ताक्षर गरी भत्ता बुझेका थुप्रै प्रमाणहरू समेत सार्वजनिक भईसकेका छन् । थप हुनेक्रममै छन् ।

यो विषयले जताततै चर्चा पाएपछि नेपालगन्ज उपमहानगरपालिका ले उक्त प्रकरणको छानबिनका लागि एउटा समिति बनाएको थियो । पत्रकार महासँघ बाँकेका अध्यक्ष थारुले तयार पारेर नगरपालिका बुझाएको हरहिसावको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासँघका पूर्वकेन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र बाहालवाला केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल सहित दुई दर्जन भन्दा बढी पत्रकारको नक्कली सस्ताक्षर गरी रकम हिनामिना गरेको विभिन्न प्रष्ट रूपमा देखिएको छ ।

उपमहानगरद्वारा गठित उक्त समितिलाई प्रभावमा पारी उपमेयर थापाले छानबिन प्रक्रियामा अप्ठयारो पारिरहेको खुलेको छ । छानबिन टोलीले आफ्नो काम अघि बढाईरहेका बेला उपमहानगरपालिकाका उपमेयर थापाले उक्त समितिलाई छानबनिका क्रममा ब्यापक दबाब र तनाव दिइरहेको उपमहानगर स्रोतले बतायो । उपमहानगरले प्रेस सल्लाहकार चौलागाइलाई निलम्बन गरिसकेको छ ।

उक्त किर्ते हस्ताक्षर प्रकरणमा कार्यक्रममै उपस्थित नभएका झा र पोखरेलको नाममा नक्कली हवाई टिकट, सहजकर्ताको भत्ता, दुई दिनसम्म बास बसाएको नक्कली बील पेस अध्यक्ष थारू र उपमहानगरपालिकाका प्रेस सल्लाकार चौलागाईले उपमहानगरपालिकामा पेश गरेका छन् ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/12105

प्रत्येक प्रतिबेदन र बीलमा पत्रकार महासंघ बाँकेको छाप हस्ताक्षर र प्रेस सल्लाहकार चौलागाइको हस्ताक्षर रहेको छ । ‘पैसा देखे महादेवका तीन नेत्र’ भने झै छानबीन समितिलाई नै प्रभावमा पार्ने काममा उपमेयर थापाको सक्रियता बढेको छ ।

२०७५ जेठ ३० गते नेपालगन्जस्थित स्वस्तीक कटेज एण्ड रेष्टूँरेन्टमा भएको मिडिया दिगो विकास र यसका चूनौती विषयक छलफल कार्यक्रममा एक दर्जन भन्दा बढी पत्रकारको नक्कली रकम बुझेको नक्कली हस्ताक्षर गरिएको छ । छानबिन समितिका एक सदस्य ओमकारनाथ मिश्रले छानविन प्रक्रिया चलिरहेको बताएका छन् ।

उनकाअनुसार छानविनका क्रममा केही जटिलता देखिएकोले अलि कति समय धेरै लागने सक्ने देखिएको छ । काम गरिरहेका छौं उनले भने ‘साह्रै गाह्रो देखिएको छ तर, अनुसन्धान जारी छ । उपमेयरले भनेरै समिति गठन भएको हो उनले भने ‘उहाँले समितिका अरू सदस्यलाई दबाब दिए नदिएको मलाई थाहा भएन तर, मलाई चाँही कसैको पनि दबाब आएको छैन् ।

उनकाअनुसार आर्थिक चलखेलको प्रकरण भएकोले तोकिएकै समयमा छानबिन पुरा गरी प्रतिवेदन दिन सकिदैन् । उनले भने ‘छानविन समितिको पहिलो म्याद शनिबार सकिदैछ ।’ हामी आईतबार फेरि बस्छौ मिश्रले भने ‘त्यसपछि मात्र प्रतिवेदन तयारका लागि प्रक्रिया अघि बढ्छ ।’ उनकाअनुसार तत्कालै प्रतिवेदन आउने / नआउने अन्यौल छ ।

उपमहानगरपालिकाका उपमेयर उमाथापा मगरसँग यस विषयमा बुझ्न शुक्रबार दिउँसो सेतोखरीले पटक/पटक टेलिफोन गर्दा घण्टी गएपनि उनको टेलिफोन उठेन् । फोन नउठेका कारण उनीसँग सम्पर्क हुन सकेन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...