आज : २०२६-०७-२८, मङ्गलबार

जानुका खतिवडाका चार (४) मुक्तक !

     मुक्तक – १

दुई चार पैसा कमाउँदैमा संसार जिते नसम्झनु
हातमा पैसा समाउँदैमा संसार जिते नसम्झनु
अाज छ भाेली नहुन पनि सक्छ नि,त्यसैले त
कमाई पैसा जमाउदैमा संसार जिते नसम्झनु

     मुक्तक – २
उनकै हातकाे सिन्दुर पाेते लगाई हेर्ने मन थियाे
पछ्याएर अाफ्नै जवानीलाई नै केर्ने मन थियाे
अाउँछ जान्छ पत्तै नहुने कस्ताे नियम प्रकृतिकाे
सम्झानाकाे तरेलीसगै अंगालाेमा बेर्ने मन थियाे

     मुक्तक – ३

हिमालबाट हिऊ पग्ली अाएकाे पानी खाका नेपाली
बाेट बिरूवाकै बाेक्राबाट बनेका लुगा लाका नेपाली
स्वाभिमानमा त जाे कसैकाे पनि नझुक्ने हुनाले यहाँ
डराउँदैनन् काेहि दुख बाेकी लेख बेंसी धाका नेपाली

     मुक्तक – ४

सधै लुछाचुडिमै सकिने भाे रानितिकाे खेल अब
बुझ्दा ठिकै हाे नि राजनिति नबुझ्दा भाे जेल अब
सिङगाे देशलाई नै अांच पुर्याउने काम गर्नेहरूले
मर्स्यादिले बाडी झर्दा झै खहरेकाे भाे भेल अब।।

– जानुका खतिवडा