News Portal

  • भेरी अस्पतालको ब्रम्हलुट : खानामा कमिशनको चक्करले गुण्स्तरहीन सेवा

    हिमाली संचार संवाददाता
    ३४८ पटक

    नेपालगन्ज, १५ चैत : बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने विरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ । सरकारी अस्पतालले भर्ना भएका विरामीहरुलाई निःशुल्क रुपमा खुवाउँदै आएको खाना ‘खाए खाँ नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको खुलेको हो ।

    यसले अस्पतालहरुबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा भएको छ । सरकारी निकायहरुमा जताततै विकृति र विसंग्ति मौलाइरहेको बेला सरकारी अस्पतालजस्तो विश्वसनीय र संवेदनशील निकायमा समेत विरामीलाई दिइने खाना गुणसतरहीन हुँदा समेत अस्पताल व्यवस्थापन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्न चासो देखाएका छैनन् ।

    विरामी भएर निजी अस्पतालमा उपचारको लागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवारहरु सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी असपतालमा उपचार गराईरहेका एक विरामीका आफन्त बताउँछन् । त्यसै पनि सरकारी अस्पतालहरु यो वा त्यो कारणले सँधैजसो विवादमा पर्दै आएका छन् । चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु विरामीप्रति संवेदनशील नबनेका घटना अब समाचार हुन छाडिसकेको छ । नढाँटी भन्ने हो भने सरकारी अस्पतालले आफ्नो विश्वासनीयता गुमाइसकेका छन ।

    पैसा खर्च गरेर अन्यत्र उपचारको लागि जान नसक्ने विरामीहरु पनि दूषित खाद्यान्नको कारण थप विरामी पर्ने परिस्थिति अहिले उत्पन्न भएको छ ।भेरीमा वितरण हुने पानी समेत प्रदूषित भएको विरामीका कुरूवा बताउँछन् । विरामीलाई निःशुल्क खुवाइने खानाको कुनै निकायले पनि अनुगमन नगर्ने गरेको कारण अखाद्य वस्तु खान विरामीहरु बाध्य भएका हुन् । भेरी अस्पतालको त यो अवस्था छ भने ग्रामिण क्षेत्रका अस्पतालको खानाको गुणस्तर कस्तो होला नेपालगन्ज गोपाल खत्रीले भने ‘जताततै लापरवाही भन्दा केही भेटिदैन् ।

    उनकाअनुसार सम्बन्धित सरकारी अस्पताल विकास समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट र प्रमुख जिल्ला अधिकारीहरुले पनि विरामीलाई खुवाइने खानाको नियमित अनुगमन गर्न सक्छन् । तर भेरी मा यस्तो गरिएको देखिएन् । दूषित खाद्यन्न खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी बताउँछन। विरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ । तर, विरामीले तोकिएको मापदण्ड र सहमति अनुसारको खाना खान पाउँदैनन् अस्पतालकै एक कर्मचारीले भने ‘हामी तल्लो हतका कर्मचारी जति बोलेपनि के गर्नु सुन्ने ठाउँले सुन्दैनन् । विरामीको खानामा एकदमै ब्रम्हलुट छ ।

    सहमतिअनुसार एक विरामी दैनिक ६ सय ग्राम मसिनो चामल, एउटा अण्डा, एक कप दूध, सागसव्जी सहितको सन्तुलित खाना खुवाउनुपर्ने अस्पतालकै कर्मचारी बताउँछन् । तर, विरामीलाई शुरुकै दिन कमसल खाना दिने र अर्को छाकदेखि विरामीले आफै अस्पताल बाहिरका हो टलबाट खाना ल्याउने गरे को विरामीहरुको गुनासो छ । एक विरामी कुरुवाले भनिन– ‘अण्डा दूध के ही आउ“दै न, आफै हो टलबाट किने र बिरामीलाई खुवाउ“नु पर्छ ।’ उनका अनुसार जनस्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाही हुनुपर्छ ।

    अस्पतालको भान्सा सञ्चालन र विरामीलाई खाना खुवाउनका लागि अस्पतालले ठेक्कामा दिएको अस्पतालका निमित्त प्रमुख राजन पाण्डेले बताए । उनकाअनुसार अस्पतालमा विरामीका लागि खाना खुवाउन भनेर भान्सा सञ्चालन वापत सरकारले यो बर्ष २० लाख रूपैयाँ बजेट प्रदान गरेको छ । तर, अस्पतालले कमसल खालको खाना खुवाएर उक्त खानामै कमिशनको चक्कर चलाएको स्रोत बताउँछ । अस्पताल व्यवस्थापनले यस बिषयमा अनुगमन गरेको छैन् । उक्त अस्पतालमा दैनिक कति जनाको संख्यामा खाना खुवाईयो भन्ने एकिन विवरण पनि अस्पतालसँग छैन् ।

    अस्पतालका निमित्त प्रमुख पाण्डेकाअनुसार विरामीले गरेको गुनासो एकदमै जायज भएको बताए । उनले भने ‘तर अस्पतालमा लिखित रूपमा कुनैपनि विरामीले खाना गुण्स्तरहीन भएको भनेर निवेदन दिएका छैनन् । यदि कसैले लिखित रूपमै निवेदन दिए तत्काल छानवीन र अनुगमन गरिने उनले बताए । उनले भने ‘छानबनिका क्रममा दोषी भेटिए ठेकेदारमाथी पनि कारवाही प्रक्रिया अघि बढ्छ। स्मरणहोस् विरामीले लिखित वा मौखिक उजुरी नदिएपनि विरामीलाई नै खुवाउने खाना कस्तो छ भने नियमित अनुगमन तथा अवलोकन गर्ने जिम्मेवारी अस्पतालकै हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...