News Portal

दलित महिलालाई कालोमोसो प्रकरण : उपप्रमुख र प्रहरी निरीक्षकलाई कारवाही माग !

हिमाली संचार संवाददाता
४३४ पटक

गणेश लम्साल/विराटनगर : दलित महिलालाई अमानबीय यातना दिएको अपराध ढाकछोप गर्न सघाएको भन्दै पथरी शनिश्चरे नगरपालिका उपप्रमुखको राजिनामा र इलाका प्रहरी कार्यालयका प्रमुखलाई कारवाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन ।

मोरङको पथरी शनिश्चरे नगरपालिका ८ की ३० वर्षीया सारदा बराईलीलाई ५ चैतमा मोसो दलेर सार्वजनिक स्थानमा कुटपिट भएको जघन्य अपराध ढाकछोप गर्न चलखेल गरेको भन्दै उपप्रंमुख यमुना बिष्ट बास्तोलाको राजीनामा र इन्स्पेक्टर कमल बजगाईलाई विभागीय कारवाही माग गरिएको हो ।

बास्तोलाले न्यायीक समितिमा निवेदन लिएर जाँदा पीडितलाई अभद्र व्यवहार गरेको, पीडितलाई झुक्याएर झुठो बयान गर्न लगाएको उनीहरुको आरोप छ । पथरीका इन्स्पेक्टर बजगाईले पीडितलाई झुक्याएर झुठो बयानमा सही गर्न लगाएको र आरोपीहरुलाई सजायबाट छुटकारा दिन लागेको घटनास्थल पुगेर फर्किएका दलित अधिकारकर्मीहरुले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11909

‘मलाई मोसो दलेको साँचो हो तर, को को थिए म चिन्दन’ भनेर झुठो कागजमा सही गराईएको प्रतिवेदनमा उल्लेख छ । ‘पीडितलाई न्याय दिलाउन सहयोग गर्नुको साटो उल्टै झन पीडित बनाएर दोषीलाई कानूनी सजायबाट जोगाउन चलखेल गरेकोले पथरी शनिश्चरे नपाकी उपप्रमुख तथा न्यायीक समिति संयोजक रहेकी यमुना बिष्ट बास्तोलाले जनप्रतिनिधि भएर पदमा बसिरहन सुहाउँदैन, उनले राजिनामा दिनुपर्छ, प्रतिबेदनमा भनिएको छ।

झुठो अनुसन्धान गर्ने इन्स्पेक्टर कमल बजगाईलाई बिभागिय कारवाही हुनुपर्छ । दलित अधिकारकर्मी हरुले मोसो दलेको घटनाका सबै आरोपीहरुलाई जातीय बिभेद तथा छुवाछुत कसुर अपराधमा थप मुद्दा दर्ता हुनुपर्ने माग गरेका छन् । फरार भएका तीन आरोपीलाई तुरुन्त पक्राउ गर्न र पीडितको उचित उपचार, क्षतिपुर्तीसहित सुरक्षित पुर्नस्थापना गराउनु पर्नेमा पनि अधिकारकर्मीहरुले जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...