News Portal

  • डिपोमा चामल नपाएपछि आशु झार्दै घर फर्किन जुनकला !

    चामल नपाएपछि सिस्नोले छाक्क टार्छन हिमाली गाँउपालिकाका बासिन्दा ।

    हिमाली संचार संवाददाता
    ५०६ पटक

    प्रकाश सिंह
    बाजुरा, १४ चैत : हिमाली गाँउपालिका २ बिच्छँयाकी जुनकला बुढा चामल किन्न दुईदिन लगाएर कवाडी डिपोमा पुगिन्, तर त्यहाँ एकदाना पनि चामल नपाएपछि आशु झार्दै घर फर्कीन । ५ जनाको परिवार रहेको जुनकलाका बुवा बिरामी छन्, भने आमा अशक्क्त रहेकी छन् ।

    चामल नपाएपछि कवाडी बजारमा रुदै भनिन्, आमा र बुवा आउन सक्नु भएन, म आए, तर चामल नपाएर रितो हात घर जानु परेको वताईन् । चामल किन्ने पैशा पनि गाँउमा मासिक सयकडा ५ रुपैया साँहु बाट रिन मागेर ल्याएको थियो । तर चामल नपाँएको दुखोसो पोखिन् । कोल्टी पुग्न अझै एकदिन लाग्छ, केटी मान्छे बास बस्नु पर्छ आफु जान नसक्ने वताईन् ।

    जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएर घर फर्किन् । धर्माले श्रीमान ज्यालादारी काम गर्न गएका छन्, आफु चामल किन्न आए तर नपाएपछि रित्तो हात घर जानु परेको वताईन् । अध्यारो मुख लगाउदै कवाडी बजारमा भनिन्, हाम्रो लागि सरकारले पनि कस्तो वेवास्ता गरेको पैशा छ, तर चामल किन्न नपाएको वताईन् । छोराछोरीलाई त पुर्‍याउन सक्दैनौ, आफुहरु भने कुनै दिन भोकै बस्नु परेको जुनकलाले वताईन् । अब चामल नपाएपछि सिस्नोले छाक्क टार्ने उनले वताईन् ।

    समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाँउपालिकामा खाद्य सकंट भएको छ । हिमाली गाँउपालिकाको कवाडी डिपोमा ठेकेदारले ठेक्का असोजमा सम्झौता गरेको भएपनि अहिले सम्म चामल ढुवानी नगर्दा चरम खाद्य संकट भएको हिमाली गाँउपालिका ५ का अध्यक्ष अम्मलाल कार्कीले वताएका छन् ।

    बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडी बाट एक साता लाग्ने गरेको छ ।

    कवाडी डिपोका लागि खाद्य संस्थान बाजुराले यो बर्ष मात्र ६ हजार कुन्टल चामलको कोटा स्वीकृत गरेको छ । सोही अनुसार ३ जना ठेकेदारले असोज महिनामा सम्झौता गरेको हो, तर अहिले सम्म १५ सय कुन्टल मात्र पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

    ३ हजार कुन्टल नन्द महतारा, १ हजार बल बहादुर थापा र २ हजार नरि थापाले ढुवानी गर्ने सम्झौता गरेका छन् । बल बहादुर थापाले असोज १८, नरी थापाले असोज १६ र नन्द महतराले असोज ७ ढुवानी गर्ने गरी सम्झौता भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...

    ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

    कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना...

    कांग्रेसको निर्देशन : रामहरि खतिवडालाई छिट्टै राजीनामा दिनुपर्ने

    काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक...