News Portal

कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको छ : मुख्यमन्त्री शाही

हिमाली संचार संवाददाता
४४० पटक

चैत्र १४, सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको वताउनुभएको छ । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५को आज सुर्खेतमा उदघाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसंग जोडिएको वताउनुभयो ।

ईतिहाँसमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर वंगाल र भोटको व्यापार जोडने ठुलो आर्थिक करिडोर रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले अव पनि कर्णालीलाई मुलुककै ठुलो अर्थतन्त्र निर्माणका लागि जुटनुपर्ने वताउनुभयो । धार्मिक महत्वको मानसरोवर पुग्ने पर्यटकहरुका लागि कर्णाली करिडोर सवै भन्दा छोटो रुट हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले धार्मिक पर्यटनका दृष्टिले पनि कर्णालीको महत्व धेरै रहेको वताउनुभयो ।

कर्णालीको प्राकृतिक स्वच्छता र सुन्दरताको संरक्षण अपरिहार्य रहेको वताउदै मुख्यमन्त्री शाहीले कर्णालीको सुरक्षाका लागि सरोकारवाला सवै लाग्नुुपर्ने वताउनुभयो । कर्णाली करिडोरमा सडक पुर्वाधारको विकासका लागि प्रदेश सरकार लागिपरेको वताउदै मुख्यमन्त्री शाहीले अवको ५ वर्षभित्र सडकमार्गवाटै पर्यटकहरु मानसरोवर जाने दावी गर्नुभयो ।

केही महिना अघि नदी संरक्षण संस्थाको अगुवाईमा कर्णाली नदीको उत्पत्ति स्थल तिव्वत देखि गंगा नदी सम्म ४४ दिन लगाएर गरिएको अध्ययनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज उद्घाटन गरिएको शिखर सम्मेलन दैलेखको राकममा ३ दिनसम्म चल्ने वताईएको छ ।

शिखर सम्मेलनमा नेपाल र नेपाल वाहिरका वैज्ञानिक, नदी संरक्षण अभियन्ता, पत्रकार लगायतको सहभागिता रहेको छ । शिखर सम्मेलनको आयोजक संस्था नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले विविधतायुक्त विश्वका ५ महत्वपुर्ण नदी मध्ये एउटा नदी कर्णाली रहेको कारण कर्णालीको अवस्था अध्ययन, नदी संरक्षण लगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने जानकारी दिनुभयो। सम्मेलनको अन्त्यमा कर्णाली घोषणापत्र जारी गरिने पनि उहाँले वताउनुभयो ।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...