News Portal

  • कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको छ : मुख्यमन्त्री शाही

    हिमाली संचार संवाददाता
    ३६९ पटक

    चैत्र १४, सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको वताउनुभएको छ । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५को आज सुर्खेतमा उदघाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसंग जोडिएको वताउनुभयो ।

    ईतिहाँसमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर वंगाल र भोटको व्यापार जोडने ठुलो आर्थिक करिडोर रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले अव पनि कर्णालीलाई मुलुककै ठुलो अर्थतन्त्र निर्माणका लागि जुटनुपर्ने वताउनुभयो । धार्मिक महत्वको मानसरोवर पुग्ने पर्यटकहरुका लागि कर्णाली करिडोर सवै भन्दा छोटो रुट हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले धार्मिक पर्यटनका दृष्टिले पनि कर्णालीको महत्व धेरै रहेको वताउनुभयो ।

    कर्णालीको प्राकृतिक स्वच्छता र सुन्दरताको संरक्षण अपरिहार्य रहेको वताउदै मुख्यमन्त्री शाहीले कर्णालीको सुरक्षाका लागि सरोकारवाला सवै लाग्नुुपर्ने वताउनुभयो । कर्णाली करिडोरमा सडक पुर्वाधारको विकासका लागि प्रदेश सरकार लागिपरेको वताउदै मुख्यमन्त्री शाहीले अवको ५ वर्षभित्र सडकमार्गवाटै पर्यटकहरु मानसरोवर जाने दावी गर्नुभयो ।

    केही महिना अघि नदी संरक्षण संस्थाको अगुवाईमा कर्णाली नदीको उत्पत्ति स्थल तिव्वत देखि गंगा नदी सम्म ४४ दिन लगाएर गरिएको अध्ययनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज उद्घाटन गरिएको शिखर सम्मेलन दैलेखको राकममा ३ दिनसम्म चल्ने वताईएको छ ।

    शिखर सम्मेलनमा नेपाल र नेपाल वाहिरका वैज्ञानिक, नदी संरक्षण अभियन्ता, पत्रकार लगायतको सहभागिता रहेको छ । शिखर सम्मेलनको आयोजक संस्था नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले विविधतायुक्त विश्वका ५ महत्वपुर्ण नदी मध्ये एउटा नदी कर्णाली रहेको कारण कर्णालीको अवस्था अध्ययन, नदी संरक्षण लगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने जानकारी दिनुभयो। सम्मेलनको अन्त्यमा कर्णाली घोषणापत्र जारी गरिने पनि उहाँले वताउनुभयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सामान्य प्रशासन मन्त्रालयको ‘गुनासो व्यवस्थापन केन्द्र’मा एक महिना नपुग्दै १०० भन्दा बढी गुनासो दर्ता, समाधानको क्रम तीव्र

    काठमाडौं, साउन २५ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ८ गतेदेखि सक्रिय पारेको...

    जनकपुरको थापाचोकमा रेल र कार ठोक्किँदा मानवीय क्षति भएन

    जनकपुरधाम, साउन २५ – जनकपुरको थापाचोक क्षेत्रमा आइतबार बिहान रेल र कार एकआपसमा ठोक्किने घटना...

    दाउद इब्राहिमका सहयोगी ‘सलीम पिस्टल’ काठमाडौंमा पक्राउ, भारतलाई हस्तान्तरण

    काठमाडौं, साउन २५ — अन्तर्राष्ट्रिय अपराध संसारमा दाउद इब्राहिमको निकट सहयोगी मानिने शेख सलीम उर्फ...

    आत्मनिर्भर बनाउने एक महिने तालिम सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २५ – मोरङको रंगेली–६ मा रहेको गृह श्रमिक सृजनशील महिला समाज नेपालको...

    आज २०८२ साल साउन २५ गतेको राशिफल

    आज साउन २५, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...