News Portal

  • दलित महिलालाई कालोमोसो, पिडकको पक्ष लिने उपमेयरको राजिनामाको माग

    हिमाली संचार संवाददाता
    ४८७ पटक

    चैत १४, पथरी : पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एंव न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाको राजीनामाको माग गरेको छ। गएको चैत ५ गते नगर पालिकाको वडा नम्वर ८ की दलित समुदायकी महिला शारदा बराईलीलाई सार्वजनिक स्थलमा जातिय गाली गलौज गर्दै मोसो दल्न उक्साहट गर्ने कार्यपालिका सदस्य गिता लोहार लाई वचाउ गर्दै पिडित लाई झन पिडा दिएको आरोप लगाउदै दलित समुदायले बास्तोलाको राजीनामा माग गरेको छ ।

    शारदा माथी भएको अन्यायलाई वेवस्था गर्दै पिडकलाई संरक्षण दिन खोजेको र गत चैत १० गते ईलाका प्रहरी र उप–प्रमुख को नेतृत्वमा गएको टोलीले पिडितलाई वाटोको वैठकको कागज भन्दै सर्जिमिन मुचुल्कामा एक पक्षीय मानिसलाई राखी पिडकलाई आश्रय दिने र उन्मुक्ति दिने खालको मोसो लगाई जातिय गाली गलौज गरी कुटपिट गर्ने व्याक्ति कोही पनि चिन्दैनौ भन्ने मुचुल्का तयार पारेको हुँदा समुदायले सो मुचुल्का खारेज गर्न माग गर्दै पिडकलाई आश्रय दिएको भन्दै वास्तोलाको राजीनामा र नेपाल सरकारले पारित गरेको ऐन अनुसार प्रहरीले मुद्दा दत्र्ता गर्न नमानेको आरोप लगाउदै ईलाका प्रहरी कार्यलय पथरीका प्रमुख लाई विभागीय कार्वाहिको माग गरेको छ ।

    लेनदेनको विषय लाई लिएर भएको विवादमा पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ८ की एक महिला माथी सार्वजनिक स्थालमा जातिय गाली गलौज गर्दै मोसो दलिएको हो । वडा नम्वर ८ मा स्थायी बसोवास गर्दै आएकी अन्दाजी वर्ष ३० की शारदा बराईली माथी गत चैत ५ गते उनकै घर नजिक रहेको चौकमा भेला भएको एक आफुलाई लक्षार पछार गर्दै मोसो दलेको उनले बताईन ।

    सो दिन स्थानिय सरकारका जनप्रतिनिधि कार्यपालिका सदस्य गिता बराईली, पारस लिम्वु, फिपराज लिम्वू, उषा लिम्वू, गोमा खड्का, ओमनाथ बराईली, ओम रानी लिम्वु र यशोदा थापाले आफुलाई लछार–पछार गर्दै मोसो दलेको भन्दै बराईलीले इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएकी छिन् । बराइलीको जाहेरीका आधारमा प्रहरीले सवै लाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडी वढाएको छ ।

    यता शारदाको न्यायका लागि आवज उठाउदै आएको दलित समुदायले नेपाल सरकारले पारित गरेको जातिय भेदभाव तथा छुवाछुत सजाय र कसुर ऐन २०६८ अनुसार जाहेरी हुनुपर्नेमा पिडक पक्षलाई प्रोत्साहन हुने गरि जघन्य अपराध अन्र्तगत मुद्दा दर्ता गरि कानुनी प्रक्रिया अगाडी वढाएकोमा आपत्ती जनाएको छ ।

    शारदाले २०७१ सालमा स्थानिय परस लिम्वूलाई ४ लाख रुपैया व्याजमा ऋण लगाएकी थिईन जसको यसरी लगाएको रुपैया मध्ये पारसले १५ महिना पछाडी २ लाख रुपैया सावाँ मात्र फिर्ता गरेको शारदा वताउछिन् ।

    वाँकी रकम फिर्ता माग्दा पारसले आफुलाई रकम फिर्ता दिईसकेको भन्दै वारम्वार धम्काउन थालेपछि शारदा रकम फिर्ता गराउन स्थानीय सरकारका जनप्रतिनिधि देखी लिएर गाँउघरका जान्ने वुझ्ने व्याक्तिहरुको सम्म सहयोगको अपेक्षा गर्दै आफु पुगेको तर कसैवाट पनि सहयोग नपाएको उनले गुनासो गरिन् ।

    सहयोग माग्दै जादा छरछिमेक र स्थानिय वाट नै आफ्नो चरित्र हत्याको प्रयास भएपछि निराश वनेकी उनि स्थानीय सरकारको न्याय पालिका सम्म आईपुगिन तर न्याय पालिकामा आउदा न्याय पालिका संयोजकले घटनाको वारेमा पेश गरेको आफ्नो निवेदन नहेरी दुव्र्यहार पुर्ण तरिकाले फालिदिएको उनले वताईन । यसरी जनताले जनताको अधिकार सुरक्षाको प्रत्याभुति गराउनका लागि भनेर अमुल्य मत दिएर पठाएका अहिलेका जनप्रतिनिधि हरुले जनताको घाउमा मलम लगाउनुको साटो उल्टो नुनचुक छर्ने व्यावहार भएको देखीएको छ ।

    यस पछि बराईलीले कहिँ कतै वाट सहयोग नपाएपछि पुनः गाँघरमा नै गएर सहयोगको अपिल गर्दा गत चैत ५ गते उनकै घर छेउको चौकमा भेला भएका नगर कार्यापालिका मनोनित सदस्य गिता बराइली सहितको टोलिले आफुमाथी लछार पछार गर्दै मोसो दलीदिएको उनले वताईन् ।

    “चौक मा भेला भएको जनप्रनिधि सहितको समुहले आफुलाई न्याय दिलाउने आशा थियो तर प्रतिनिधिकै उक्साहटमा आफुमाथी मोसो दलीदा समेत जनप्रतिनिधिले निच शव्दको प्रयोग गर्दै ठिक्क परो महिलाले गर्ने अधिकार हो भन्दै मोसो दल्नमा सहयोग गरेको उनको गिता माथी आरोप रहेको छ ।” शारदाको न्यायका लागि ६ वटा दलित समुदायले आवाज उठाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनआरएनएका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

    वासिङ्टन डीसी। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन...

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...