News Portal

दलित महिलालाई कालोमोसो, पिडकको पक्ष लिने उपमेयरको राजिनामाको माग

हिमाली संचार संवाददाता
५७३ पटक

चैत १४, पथरी : पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एंव न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाको राजीनामाको माग गरेको छ। गएको चैत ५ गते नगर पालिकाको वडा नम्वर ८ की दलित समुदायकी महिला शारदा बराईलीलाई सार्वजनिक स्थलमा जातिय गाली गलौज गर्दै मोसो दल्न उक्साहट गर्ने कार्यपालिका सदस्य गिता लोहार लाई वचाउ गर्दै पिडित लाई झन पिडा दिएको आरोप लगाउदै दलित समुदायले बास्तोलाको राजीनामा माग गरेको छ ।

शारदा माथी भएको अन्यायलाई वेवस्था गर्दै पिडकलाई संरक्षण दिन खोजेको र गत चैत १० गते ईलाका प्रहरी र उप–प्रमुख को नेतृत्वमा गएको टोलीले पिडितलाई वाटोको वैठकको कागज भन्दै सर्जिमिन मुचुल्कामा एक पक्षीय मानिसलाई राखी पिडकलाई आश्रय दिने र उन्मुक्ति दिने खालको मोसो लगाई जातिय गाली गलौज गरी कुटपिट गर्ने व्याक्ति कोही पनि चिन्दैनौ भन्ने मुचुल्का तयार पारेको हुँदा समुदायले सो मुचुल्का खारेज गर्न माग गर्दै पिडकलाई आश्रय दिएको भन्दै वास्तोलाको राजीनामा र नेपाल सरकारले पारित गरेको ऐन अनुसार प्रहरीले मुद्दा दत्र्ता गर्न नमानेको आरोप लगाउदै ईलाका प्रहरी कार्यलय पथरीका प्रमुख लाई विभागीय कार्वाहिको माग गरेको छ ।

लेनदेनको विषय लाई लिएर भएको विवादमा पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ८ की एक महिला माथी सार्वजनिक स्थालमा जातिय गाली गलौज गर्दै मोसो दलिएको हो । वडा नम्वर ८ मा स्थायी बसोवास गर्दै आएकी अन्दाजी वर्ष ३० की शारदा बराईली माथी गत चैत ५ गते उनकै घर नजिक रहेको चौकमा भेला भएको एक आफुलाई लक्षार पछार गर्दै मोसो दलेको उनले बताईन ।

सो दिन स्थानिय सरकारका जनप्रतिनिधि कार्यपालिका सदस्य गिता बराईली, पारस लिम्वु, फिपराज लिम्वू, उषा लिम्वू, गोमा खड्का, ओमनाथ बराईली, ओम रानी लिम्वु र यशोदा थापाले आफुलाई लछार–पछार गर्दै मोसो दलेको भन्दै बराईलीले इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएकी छिन् । बराइलीको जाहेरीका आधारमा प्रहरीले सवै लाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडी वढाएको छ ।

यता शारदाको न्यायका लागि आवज उठाउदै आएको दलित समुदायले नेपाल सरकारले पारित गरेको जातिय भेदभाव तथा छुवाछुत सजाय र कसुर ऐन २०६८ अनुसार जाहेरी हुनुपर्नेमा पिडक पक्षलाई प्रोत्साहन हुने गरि जघन्य अपराध अन्र्तगत मुद्दा दर्ता गरि कानुनी प्रक्रिया अगाडी वढाएकोमा आपत्ती जनाएको छ ।

शारदाले २०७१ सालमा स्थानिय परस लिम्वूलाई ४ लाख रुपैया व्याजमा ऋण लगाएकी थिईन जसको यसरी लगाएको रुपैया मध्ये पारसले १५ महिना पछाडी २ लाख रुपैया सावाँ मात्र फिर्ता गरेको शारदा वताउछिन् ।

वाँकी रकम फिर्ता माग्दा पारसले आफुलाई रकम फिर्ता दिईसकेको भन्दै वारम्वार धम्काउन थालेपछि शारदा रकम फिर्ता गराउन स्थानीय सरकारका जनप्रतिनिधि देखी लिएर गाँउघरका जान्ने वुझ्ने व्याक्तिहरुको सम्म सहयोगको अपेक्षा गर्दै आफु पुगेको तर कसैवाट पनि सहयोग नपाएको उनले गुनासो गरिन् ।

सहयोग माग्दै जादा छरछिमेक र स्थानिय वाट नै आफ्नो चरित्र हत्याको प्रयास भएपछि निराश वनेकी उनि स्थानीय सरकारको न्याय पालिका सम्म आईपुगिन तर न्याय पालिकामा आउदा न्याय पालिका संयोजकले घटनाको वारेमा पेश गरेको आफ्नो निवेदन नहेरी दुव्र्यहार पुर्ण तरिकाले फालिदिएको उनले वताईन । यसरी जनताले जनताको अधिकार सुरक्षाको प्रत्याभुति गराउनका लागि भनेर अमुल्य मत दिएर पठाएका अहिलेका जनप्रतिनिधि हरुले जनताको घाउमा मलम लगाउनुको साटो उल्टो नुनचुक छर्ने व्यावहार भएको देखीएको छ ।

यस पछि बराईलीले कहिँ कतै वाट सहयोग नपाएपछि पुनः गाँघरमा नै गएर सहयोगको अपिल गर्दा गत चैत ५ गते उनकै घर छेउको चौकमा भेला भएका नगर कार्यापालिका मनोनित सदस्य गिता बराइली सहितको टोलिले आफुमाथी लछार पछार गर्दै मोसो दलीदिएको उनले वताईन् ।

“चौक मा भेला भएको जनप्रनिधि सहितको समुहले आफुलाई न्याय दिलाउने आशा थियो तर प्रतिनिधिकै उक्साहटमा आफुमाथी मोसो दलीदा समेत जनप्रतिनिधिले निच शव्दको प्रयोग गर्दै ठिक्क परो महिलाले गर्ने अधिकार हो भन्दै मोसो दल्नमा सहयोग गरेको उनको गिता माथी आरोप रहेको छ ।” शारदाको न्यायका लागि ६ वटा दलित समुदायले आवाज उठाएका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...