News Portal

विप्लव नेकपाद्वारा १६ गतेको नेपाल बन्द फिर्ता

हिमाली संचार संवाददाता
४९४ पटक

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १६ गतेका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । सोमबार विज्ञप्ति सार्वजनिक गर्दै सो पार्टीले चैत १६ गतेको नेपाल बन्द फिर्ता लिने निर्णय गरेको जनाएको छ ।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले सोमबार नेपाल बन्दलगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो । नेपाल बन्द घोषणा गरेकै दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परीक्षा परेपछि विप्लव नेकपाले बन्द फिर्ता लिने निर्णय लिएको स्रोतको दाबी छ ।

बार एसोसिएसन र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन आग्रह गरेका थिए। विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीले संर्घषका कार्यक्रम घोषणा गरेको छ ।

जस अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख थियो । बन्द बाहेक अन्य कार्यक्रम यथावत रहने छन् ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...