News Portal

बझाङमा चिट चोराउने भीडलाई नियन्त्रण गर्न हवाई फायर

हिमाली संचार संवाददाता
५३१ पटक

बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीनजना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले ढुंगामुढा प्रहार गरेपछि फायर गरेको हो ।

बान्निचौर माविको परिक्षा केन्द्रमा चिट चोराउनेहरुको भीड लागेपछि प्रहरीले हटाउन खोज्दा उल्टै प्रहरीमाथि नै ढुङ्गामुढा प्रहार गरेपछि भीडलाई नियन्त्रणमा लिन हवाइफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

परिक्षा केन्द्रमा व्यापक चिट चोरी हुने गरेको सूचना आएपछि आज प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धिताललगायतको टोली अनुगमनका लागि बान्निचौर माविको परिक्षा केन्द्रमा गएको थियो ।

ढुंगामुढा गर्ने आरोपमा पक्राउ परेका तीन जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...