News Portal

बझाङमा चिट चोराउने भीडलाई नियन्त्रण गर्न हवाई फायर

हिमाली संचार संवाददाता
५५१ पटक

बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीनजना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले ढुंगामुढा प्रहार गरेपछि फायर गरेको हो ।

बान्निचौर माविको परिक्षा केन्द्रमा चिट चोराउनेहरुको भीड लागेपछि प्रहरीले हटाउन खोज्दा उल्टै प्रहरीमाथि नै ढुङ्गामुढा प्रहार गरेपछि भीडलाई नियन्त्रणमा लिन हवाइफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

परिक्षा केन्द्रमा व्यापक चिट चोरी हुने गरेको सूचना आएपछि आज प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धिताललगायतको टोली अनुगमनका लागि बान्निचौर माविको परिक्षा केन्द्रमा गएको थियो ।

ढुंगामुढा गर्ने आरोपमा पक्राउ परेका तीन जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...