News Portal

निशुल्क आँखा शिबिरबाट १ सय १८ जनाले उज्यालो देख्न पाए

हिमाली संचार संवाददाता
५३६ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत १३, बुधबार : जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिबिरमा ४ सय ७४ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको भिड थामि नसकिनु थियो ।

शिवीरमा १ सय १८ जना मोतिया विन्दु भएकाको अप्रेसन गरिएको छ भने ५ जनाको माईनर अप्रेसन भएको रेडक्रस शाखा सभापती सल्लीका पुष्कर वि.सीले जानकारि दिनु भएको छ । आँखा शिवीरमा ६० वर्ष उमेर नाघेकाको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल सरकारको आर्थिक सहयोग,नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधीक सहयोग, बनगाड कुपिण्डे नगरपालिकाको सहयोग र रेडक्रस उपशाखा सल्लीको स्थानीय व्यवस्थापनमा शिवीरको आयोजना गरिएको छ ।

निशुल्क आँखा शिवीरबाट सल्यान पश्चिम क्षेत्रका आँखाको ज्योती गुमेका व्यवृद्धाहरुले अप्रेशन पश्चात संसार देख्न पाएकोमा खुसी जनाएका छन् । निशुल्क आँखाको शिवीर ल्याउन पहल गर्ने रेडक्रस जिल्ला शाखा सल्यानका सदस्य गणेस वि.सीलाई अधिकांस आँखाका विरामीले धन्यावाद समेत दिएका थिए ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11838

जनप्रतिनीधिले गर्नु पर्ने काम वि.सी.को पहलमा भएकोमा बनगाड कुपिण्डेका नागरिले प्रसंसा समेत गरेका छन। प्रत्येक वर्ष हुने निशूलक आँखा शिवीरमा वि.सीकै पहलमा आँखा शिवीर सञ्चालन गरिएको थियो । बनगाड कुपिण्डे वडा नम्बर १० कि ८९ वर्षिया डोटि वि.कका दुवै आँखा मोतिया विन्दु भएका थिए ।

औषधी उपचार गर्ने पैसा नहुदाँ आँखाकै कारण कष्टकर जिवन गुर्जानु परेको थियो । तर यो शिवीरबाट उहाँको दुवै आखाँ खुल्ने भए पछि पुन संसार देख्न पाएकोमा खुसी व्यक्त गर्नु भएको छ । धैर मानिस आर्थिक समस्याले आँखा उपचार गर्नबाट वञ्चित वनेका थिए । तर यो शिवीरबाट धेरैलाई राहत मिलेको छ । सल्यानको पचिम क्षेत्रमा वर्षनी आँखाका विरामीहरुको सख्या वढिरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...