News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • निशुल्क आँखा शिबिरबाट १ सय १८ जनाले उज्यालो देख्न पाए

    हिमाली संचार संवाददाता
    ४४१ पटक
    दुर्गा बिसि, सल्लिबजार

    चैत १३, बुधबार : जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिबिरमा ४ सय ७४ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको भिड थामि नसकिनु थियो ।

    शिवीरमा १ सय १८ जना मोतिया विन्दु भएकाको अप्रेसन गरिएको छ भने ५ जनाको माईनर अप्रेसन भएको रेडक्रस शाखा सभापती सल्लीका पुष्कर वि.सीले जानकारि दिनु भएको छ । आँखा शिवीरमा ६० वर्ष उमेर नाघेकाको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल सरकारको आर्थिक सहयोग,नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधीक सहयोग, बनगाड कुपिण्डे नगरपालिकाको सहयोग र रेडक्रस उपशाखा सल्लीको स्थानीय व्यवस्थापनमा शिवीरको आयोजना गरिएको छ ।

    निशुल्क आँखा शिवीरबाट सल्यान पश्चिम क्षेत्रका आँखाको ज्योती गुमेका व्यवृद्धाहरुले अप्रेशन पश्चात संसार देख्न पाएकोमा खुसी जनाएका छन् । निशुल्क आँखाको शिवीर ल्याउन पहल गर्ने रेडक्रस जिल्ला शाखा सल्यानका सदस्य गणेस वि.सीलाई अधिकांस आँखाका विरामीले धन्यावाद समेत दिएका थिए ।

    यो पनि पढ्नुहोस।

    शिवीरको पहिलो दिनमै ३ सय २८ जनाको आँखा चेकजाँच

    जनप्रतिनीधिले गर्नु पर्ने काम वि.सी.को पहलमा भएकोमा बनगाड कुपिण्डेका नागरिले प्रसंसा समेत गरेका छन। प्रत्येक वर्ष हुने निशूलक आँखा शिवीरमा वि.सीकै पहलमा आँखा शिवीर सञ्चालन गरिएको थियो । बनगाड कुपिण्डे वडा नम्बर १० कि ८९ वर्षिया डोटि वि.कका दुवै आँखा मोतिया विन्दु भएका थिए ।

    औषधी उपचार गर्ने पैसा नहुदाँ आँखाकै कारण कष्टकर जिवन गुर्जानु परेको थियो । तर यो शिवीरबाट उहाँको दुवै आखाँ खुल्ने भए पछि पुन संसार देख्न पाएकोमा खुसी व्यक्त गर्नु भएको छ । धैर मानिस आर्थिक समस्याले आँखा उपचार गर्नबाट वञ्चित वनेका थिए । तर यो शिवीरबाट धेरैलाई राहत मिलेको छ । सल्यानको पचिम क्षेत्रमा वर्षनी आँखाका विरामीहरुको सख्या वढिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    लागुऔषधसहित एक युवक पक्राउ, प्रहरीको निगरानीमा झन् कडाइ

    धरान, जेठ १६ – पूर्वी नेपालको सुनसरी जिल्लामा लागुऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले विशेष...

    सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरूसँग आकस्मिक छलफल : संसद अवरोध अन्त्यको प्रयास

    काठमाडौं, जेठ १६  — प्रतिनिधिसभामा लामो समयदेखि चलिरहेको अवरोध अन्त्य गर्न पहलस्वरूप सभामुख देवराज घिमिरेले...

    आजको राशिफल

    आज जेठ १६, २०८२ (मे ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७० वर्षपछि मात्रै वृद्धभत्ता : सरकारको निर्णयले ल्यायो नयाँ मोड

    काठमाडौं, जेठ १५ – अबदेखि सरकारले प्रदान गर्ने वृद्धभत्ता लिन ७० वर्षको उमेर पुग्नुपर्ने भएको...

    दुर्गा प्रसाईंको समूह आजको राजावादी आन्दोलनमा सहभागी नहुने

    काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा आयोजना गरिएको...