News Portal

देउवाकाे लिखित आग्रह किन सुनेनन् प्रधानमन्त्री ओलीले ?

हिमाली संचार संवाददाता
३९१ पटक

काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै अगाडि बढ्ने संकेत गरेका छन् । प्रमुख निर्वाचन आयुक्त एकलाैटी सिफारिस गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसलाई नटेर्ने प्रष्ट संकेत गरेका हुन् ।

साेमबार कांग्रेसले केही दिनका लागि बैठक स्थगित गर्न गरेकाे आग्रहलाई बेवास्ता गर्दै प्रमुख निर्वाचन आयुक्तमा बहालवाला सचिव दिनेश थपलियालाई सिफारिस गरेकाे पाइएकाे छ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा थपलियाकाे नाम प्रमुख प्रतिपक्षी दलका नेता परिषद् सदस्य शेरबहादुर देउवाकाे अनुपस्थितिमै सिफारिस गरेकाे छ ।

सभापति देउवाले साेमबार ३ बजेका लागि बाेलाइएकाे बैठकमा संसदीय दलकाे बैठकका कारण उपस्थित हुन नसक्ने र चैत २२ गतेसम्म पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडाैंबाहिर हुने भएकाले त्यसपछि मात्र परिषद्काे बैठक बाेलाउन परिषद्काे सचिवालयमा लिखित आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओलीले देउवाकाे लिखित आग्रहकाे बेवास्ता गर्दै निर्वाचन आयाेग जस्ताे महत्त्वपूर्ण संवैधानिक निकायकाे प्रमुखमा नियुक्तिका लागि सिफारिस गरिदिए ।

यसअघि पनि प्रधानमन्त्री ओलीले परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेतालाई सूचना नै नदिईकन बैठक बाेलाएका थिए, जुन बैठकले विभिन्न ५ संवैधानिक आयाेगमा अध्यक्ष नियुक्तिका लागि सिफारिस गरेकाे थियाे । कांग्रेसले संवैधानिक प्रावधानविपरीत परिषद्ले गरेकाे सिफारिसप्रति आपत्ति जनाउँदै संसद बैठकमा समेत विराेध जनाएकाे थियाे ।

यता, संसदीय सुनुवाइ समितिमा पनि परिषद्काे सिफारिसप्रति आपत्ति जनाउँदै सुनुवाइ प्रक्रिया बहिष्कार गरेकाे थियाे । संवैधानिक परिषद्काे कार्यविधिमा अध्यक्षसहित छ जना सदस्य रहने व्यवस्था छ, जसकाे अध्यक्ष प्रधानमन्त्री रहन्छन् भने प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन् । बैठक आह्वान गर्ने अधिकार परिषद्काे अध्यक्षमा रहने र प्रधानमन्त्रीलाई हुने व्यवस्था छ ।

बैठक र बैठकका एजेन्डाबारे सदस्यहरूलाई ४८ घण्टा अगाडि जानकारी दिनुपर्ने कार्यविधिमा स्पष्ट व्यवस्था छ । परिषद्ले गर्ने हरेक निर्णय सर्वसम्मत हुनुपर्छ । त्यस कारण परिषद् सदस्य रहेका प्रतिपक्षी दलका नेतालाई जानकारी नै नगराई प्रधानमन्त्री ओलीले एकलाैटी निर्णय गर्दै आएकाे कांग्रेसकाे आराेप छ ।

`संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दललाई स्वीकार गरिएका कारण परिषद्मा पनि उसकाे प्रतिनिधित्व सुनिश्चित गरिएकाे हुन्छ´, कांग्रेसका एक नेताले भने, `प्रधानमन्त्रीकाे कार्यशैली हेर्दा उहाँले संसदीय व्यवस्थालाई नै समाप्त गर्न खाेज्नुभएकाे हाे कि भन्ने आशंका हामीलाई भएकाे छ ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...