News Portal

प्रधानमन्त्रीलाई ‘राष्ट्रपति’ लेखिएकोमा परराष्ट्र मन्त्रालयद्वारा स्पष्टीकरण माग

हिमाली संचार संवाददाता
५१७ पटक

चैत्र १३, काठमाडौँ : दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन गरेको गम्भीर त्रुटिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे फागुन अन्तिम साता विज्ञप्ति जारी गर्ने क्रममा ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरण सहित उल्लेख गरेको थियो ।

उक्त त्रुटीलाई लिएर नियोग उपप्रमुख भरतकुमार रेग्मीसहित सम्बद्ध अधिकारीलाई स्पष्टीकरण माग गरिएको परराष्ट्र स्रोतले बतायो ।

गत पुस १० मा इन्डोनेसियामा आएको सुनामीका कारण जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डोनेसियाली राष्ट्रपतिलाई ‘समवेदना’ जनाउनुपर्नेमा ‘शुभकामना’ पढाउँदै विज्ञप्ति जारी गरेको थियो । उक्त लापरबाहीबारे परराष्ट्र मन्त्रालयले छानबिन गरिने प्रतिक्रिया दिए पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । (कान्तिपुर)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...