News Portal

प्रधानमन्त्रीलाई ‘राष्ट्रपति’ लेखिएकोमा परराष्ट्र मन्त्रालयद्वारा स्पष्टीकरण माग

हिमाली संचार संवाददाता
४७७ पटक

चैत्र १३, काठमाडौँ : दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन गरेको गम्भीर त्रुटिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे फागुन अन्तिम साता विज्ञप्ति जारी गर्ने क्रममा ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरण सहित उल्लेख गरेको थियो ।

उक्त त्रुटीलाई लिएर नियोग उपप्रमुख भरतकुमार रेग्मीसहित सम्बद्ध अधिकारीलाई स्पष्टीकरण माग गरिएको परराष्ट्र स्रोतले बतायो ।

गत पुस १० मा इन्डोनेसियामा आएको सुनामीका कारण जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डोनेसियाली राष्ट्रपतिलाई ‘समवेदना’ जनाउनुपर्नेमा ‘शुभकामना’ पढाउँदै विज्ञप्ति जारी गरेको थियो । उक्त लापरबाहीबारे परराष्ट्र मन्त्रालयले छानबिन गरिने प्रतिक्रिया दिए पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । (कान्तिपुर)

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...