News Portal

सरकारमाथि नै प्रतिबन्ध लगाउने विप्लव समूहको घोषणा (बिज्ञप्ती सहित)

हिमाली संचार संवाददाता
४१४ पटक

काठमाडौं : कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूमाथि लगाएको प्रतिबन्ध फिर्ता नलिए नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ओली सरकारमाथि नै प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । आगामी चैतभित्र प्रतिबन्ध नहटाएमा सरकारका कार्यक्रमविरुद्ध नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी छ ।

विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैतभित्र प्रतिबन्ध नहटाए र शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा ओली नेतृत्वको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको दाबी गरिएको छ । विप्लवले हेमन्तप्रकाश ओली सहितका आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै स्थायी समितिको निर्णयअनुसार चैत १६ गते नेपाल बन्दको आह्वान गरिएको पनि विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षाका कारण चैत १६ गते शनिबारका दिन बन्द गरिएको विप्लवको विज्ञप्तिमा उल्लेख छ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारविरुद्ध देशभर बन्द आह्वान गरेको छ ।

सरकारले फासिवादी दमन शुरू गरेको भन्दै विप्लव समूहले चैत १३ गतेदेखि २४ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवको नामबाट सोमबार जारी प्रेस विज्ञप्तिमा आफ्ना नेता कार्यकर्तालाई तत्काल गर्न माग गरिएको छ । आफूले आह्वान गरेको बन्द सफल पार्दै सरकारविरुद्ध प्रतिकारमा उत्रन सबैलाई आह्वान गरिएको छ ।

बिज्ञप्ती :

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...