News Portal

सरकारमाथि नै प्रतिबन्ध लगाउने विप्लव समूहको घोषणा (बिज्ञप्ती सहित)

हिमाली संचार संवाददाता
४५४ पटक

काठमाडौं : कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूमाथि लगाएको प्रतिबन्ध फिर्ता नलिए नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ओली सरकारमाथि नै प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । आगामी चैतभित्र प्रतिबन्ध नहटाएमा सरकारका कार्यक्रमविरुद्ध नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी छ ।

विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैतभित्र प्रतिबन्ध नहटाए र शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा ओली नेतृत्वको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको दाबी गरिएको छ । विप्लवले हेमन्तप्रकाश ओली सहितका आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै स्थायी समितिको निर्णयअनुसार चैत १६ गते नेपाल बन्दको आह्वान गरिएको पनि विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षाका कारण चैत १६ गते शनिबारका दिन बन्द गरिएको विप्लवको विज्ञप्तिमा उल्लेख छ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारविरुद्ध देशभर बन्द आह्वान गरेको छ ।

सरकारले फासिवादी दमन शुरू गरेको भन्दै विप्लव समूहले चैत १३ गतेदेखि २४ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवको नामबाट सोमबार जारी प्रेस विज्ञप्तिमा आफ्ना नेता कार्यकर्तालाई तत्काल गर्न माग गरिएको छ । आफूले आह्वान गरेको बन्द सफल पार्दै सरकारविरुद्ध प्रतिकारमा उत्रन सबैलाई आह्वान गरिएको छ ।

बिज्ञप्ती :

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...