News Portal

  • ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि नै सेनाको छवि गिरेको छ : बस्न्यात

    हिमाली संचार संवाददाता
    ३७६ पटक

    काठमाडौं : नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातले सेनाको नाममा कसैले पनि राजनीतिक गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘अहिले ल्याईएको सेना परिचालनसम्बन्धी विद्येयकमा शंका गर्ने थुप्रै ठाउँहरु देखेको छु। अहिलेपनि म सेनाको पेन्सन खाइरहेको छु । बन्दुक, गोली, बारुद र युद्धकला भनेको यो राजनीति होईन । यो ब्यारेकमा राम्रोसँग राखिनुपर्छ । अहिलेका रक्षामन्त्रीले ‘डबल–स्ट्याण्ड’ देखाईरहेका छन् । चिप्ला कुरा गरेर हुँदैन् ।

    बस्न्यातले ईश्वर पोखरेल रक्षामन्त्री भएर आएको दिनदेखि नै सेनाको छबि गिर्दै गएको आरोप लगाए । उनले भने,‘रक्षामन्त्री भनेको त सेनाको पिता हो । तर, उहाँ रक्षामन्त्री भएपछि सेनाको छवि गिर्दै गएको छ । किनभने नेपाली सेनाले विम्स्टेकमा भाग लिएन भनेर दुनियाँले गाली गरियो, प्रधानमन्त्रीले गाली खाए, सेनाले गाली खायो, यी रक्षामन्त्रीले स्विकृति दिने चुईंक्क बोलेनन् । किन ?

    देशको राष्ट्रिय सुरक्षा नीति बनाउँदा देशको सबैभन्दा ठूलो चूनौति भारतीय नाकाबन्दी भनिएको उल्लेख गर्दै बस्न्यातले भने,‘यो रक्षामन्त्रीका मुखबाट उहाँले बनाएको सुरक्षा नीतिबाट आउने होईन, परराष्ट्रमन्त्रीले विनम्रताका साथ उहाँमार्फत यी चिजहरु आउनुपर्दथ्यो, तर कस्तो गल्ती भएको छ।

    के तपाईको नेपाली सेना के हाम्रो प्रधानमन्त्री, हाम्रो रक्षामन्त्री के अब लड्नुहुन्छ त भारतसँग ? मेरो रक्षामन्त्री भनेको सेनाको पिता हो, अस्ति अमेरिकाको सहायक रक्षामन्त्री आएर चीनको विरुद्धमा कुरा गर्दाखेरि मेरो रक्षामन्त्रीको घाँटीमा के अड्किएको थियो ?’ उनले प्रश्न गरे ।

    बस्न्यातले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्नसक्नेगरि विद्येयक लैजानु रक्षामन्त्रीको गम्भिर गल्ती भएको टिप्पणी गरे । उनले भने,‘म आर्मीको प्रवक्ता होईन, तर मैले यस्ता सुरक्षा परिषद मैले धेरै देशको अध्ययन गरेको छु । मेरा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार भन्नेहरु यीनका ८/१० वर्षका रेकर्डहरु हेर्नुहोस् । यीनले खाएका डिएफआईडिका पैसाहरु, हामीले हिजो युद्ध लड्दा यो सेनालाई ठोक्नुपर्छ यो गर्नुपर्छ भनेर यत्रा यत्रा किताब लेख्नेहरु अहिले प्रधानमन्त्रीको त्यो ठाउँमा कुदिरहेका छन् ।

    वर्तमान गृहमन्त्रीका सल्लाहकार पनि त्यतिवेला सेना ढाल्नुपर्छ भनेर बोल्ने मान्छे भएको उनको भनाई थियो । उनले प्रश्न गरे,‘यो पृष्ठभुमि हो, आज सेनालाई किन खल्तीको गुडियाजस्तो प्रयोग गर्न खोजिँदैछ ? तर, रक्षामन्त्रीले विषय नबुझेकाहरुले विद्येयकको विरोध गरे भनेर भन्नुभएको छ, यस्तो चिप्लो रक्षामन्त्री मैले आजसम्म देखेको छैन् ।

    यस्तै, नेपाली सेनाका अवकाश प्राप्त अर्का सहायक रथी धर्म बहादुर बानियाँले सेना परिचालनसम्बन्धी विद्येयक असान्दर्भिक भएकोले फिर्ता लिनुपर्ने बताए । सुरक्षा परिषदको बैठकमा मन्त्रीहरु सहभागी नहुने तर ती मन्त्रीहरु मन्त्रिपरिषदको बैठकमा सहभागी हुने भन्ने कुरा पनि हुन्छ त ? भन्दै प्रश्न गरे ।

    उनले थपे,‘सेना परिचालनसम्बन्धी सल्लाह दिने सर्वश्रेष्ठ व्यक्ति को हो त भन्दा प्रधानसेनापति हो, प्रधानसेनापतिलाई सुरक्षा अवस्था, कमिकमजोरी र सेनाको क्षमता के छ ? भन्ने कुरा राम्रोसँग थाहा हुन्छ, उहाँले दैनिक रुपमा देशको सुरक्षा अवस्था कस्तो छ भनेर मुल्यांकन गरिराख्नुभएको हुन्छ । तर, सेना परिचालनसम्बन्धी अहिले बनेको विद्येयकमा उहाँ सदस्य हुनुहुन्न । उहाँलाई सदस्यमा राखिएको छैन् । भनेपछि यो कस्तो किसिमको विद्येयक हो त ?

    नेपाली सेना राष्ट्रको सेना भएको बताउँदै बानियाँले भने,‘नेपाली सेना राष्ट्रको सेना, यो हरेक नेपालीहरुको सेना हो, यो कुनै एक व्यक्तिको सेना होईन । पूर्व मेचिदेखि महाकालीसम्म र हिमालदेखि पहाड र पहाडदेखि तराईसम्म सबैको सेना हो । राष्ट्रको महत्वपूर्ण शक्ति संयन्त्र भनेको नै सेना हो । त्यसकारण सेनासँग खेलाँची गर्न मिल्दैन् ।

    उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सेना परिचालनसम्बन्धी विद्येयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । उनले भने, ‘विद्येयकको भाषा हेर्दा प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बस्न नसक्ने अवस्थामा सेना परिचालन गर्न पाउनेगरि ल्याईएको छ । यसलाई सच्याउनुपर्छ । सेना यस्तो संयन्त्र हो, जोसँग हरेक सूचना हुन्छ । त्यसैले सुरक्षा परिषदको बैठक बस्न नसकेको खण्डमा प्रधानमन्त्रीले सेना परिचालन गर्ने भन्ने कुरा नै गलत छ ।

    प्रधानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरेर आफूमा शक्ति थोपर्ने काम गरिरहेको टिप्पणी गरे । उनले भने,‘भोलि प्रधानमन्त्री त्यस्तै कडा खालको पर्नुभयो भने सेना परिचालन गर्नेबारे के हुन्छ ? अहिलेका प्रधानमन्त्रीले पनि अधिकार एकीकृत गरिरहनुभएको छ । राजश्वदेखि लिएर राष्ट्रिय अनुशन्धानलाई आफू मातहात ल्याउनुभएको छ, अब अन्तिम हतियार भनेको सेना हो ।

    आफूहरुले उक्त विद्येयकलाई धेरै कुरा विचार गरेर रोकेको दावी गरे । उनले भने,‘विषम परिस्थितिमा सेना परिचालन गर्ने भन्ने अनि सुरक्षा परिषदको बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्रीले सेना परिचालनको लागि मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भनिएको छ, यो गलत कुरा हो ।

    उनले सेना परिचालनजस्तो महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग सल्लाह नै नगरेको जिकिर गरे । उनले भने,‘यस्तो विषयमा हामीसँग सरसल्लाह गर्नुपर्दथ्यो ।’ उनले नेकपाका नेता सोम पाण्डेले भनेजस्तो सेना परिचालन विद्येयक २ वर्ष पहिले कांग्रेसको पालामा नै ल्याईएको भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे । उनले थपे,‘संघीय कानून नै बनेको छैन, अहिले प्रधानमन्त्रीलाई अप्रत्यक्ष रुपमा अधिकार दिन खोजिएको छ । हामीलाई यो कुरा मान्य छैन्। विद्येयक संशोधन गर्नुपर्छ ।

    यता, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्न सक्नेगरि सेना परिचालन विद्येयक ल्याउन लागेको भनेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रोपोगाण्डा गरेको आरोप लगाएका छन् । कांग्रेसले ‘नन–ईस्यु’ उठाएर राजनीति गरिरहेको आरोप लगाएका हुन् । उनले भने,‘कांग्रेसले अहिले जे गरिरहेको छ, यो विल्कुलै राजनीतिक एजेण्डा होईन, राजनीतिक प्रोपोगाण्डामात्रै हो ।

    कहिले गोविन्द केसीको कुरा उठाएको छ, कहिले के भनेको छ, अहिले आएर सेना परिचालनको नाममा कांग्रेसले नन–ईस्यु उठाएको छ । उनले सेना परिचालनसम्बन्धी विद्येयकबारे कोही पनि द्धिविधामा पर्न नहुने स्पष्ट पारे । उनले भने,‘संविधानलाई अवेज्ञा गरेर सरकारले कुनैपनि काम गर्दैन् । सरकार संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्छ । जनताको स्पिरिटअनुसार नै अघि बढ्छ । यसमा कसैले शंका नगरे हुन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...