News Portal

भ्रष्टाचारका आरोपी गाहा कर्णालीको मुख्यमन्त्रीका सल्लाहकारमा नियुक्त !

हिमाली संचार संवाददाता
६११ पटक

सुर्खेत, १० चैत : भ्रष्टाचार मुद्दाका आरोपीलाई कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीको प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको छ । भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको रत्न गाहा मगर मुख्यमन्त्रीको सल्लाहकार नियुक्त भएका हुन् ।

समाज कल्याण परिषदको तत्कालीन कोषाध्यक्ष रहेका मगरविरुद्ध अख्तियारले समाज कल्याण परिषदमा हुँदा रकम अनियमिततामा संलग्न रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11824

काठमाडौंको भृकुटीमण्डपस्थित पार्कको जग्गा ठेकेदारलाई भाडामा दिँदा अनियमितता भएको भन्दै अख्तियारले मगरसहित परिषद्का तत्कालीन पदाधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । तर, उनै मगरलाई गत चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहाकारमा मनोनयन गरेको हो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...