News Portal

जंगली जनावरको आतंङ्कले मकैवाली नष्ट,रातभर खेतबारीमै जाग्राम

हिमाली संचार संवाददाता
६५३ पटक
प्रतिकारात्मक तस्बीर

नवराज रोकाय

सुर्खेत – जंगली जनावरले वर्षेबाली मकै नष्ट गर्न थालेपछि बिरेन्द्रनगरपालिका १४ का किसानहरु चिन्तित बनेका छन् ।

जंगली जनावर वदेल,दुम्सी र वाँदरवाट मकैबाली जोगाउन धौधौ परेको किसानहरुले बताएका छन् । बदेल, बाँदर र दुम्सीका कारण किसानहरूलाई मकैबाली जोगाउन सकस परेको हो । मुख्य खाद्यबालीका रूपमा रहेको मकै लगातार जंगली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । मकैको घोगा लाग्न लागेको बेला जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि चिन्ताले पिरोल्न थालेको बिरेन्द्रनगर १४ गढीका स्थानीय कृषक दल बहादुर रोकायले बताउनुभयो ।

बारीमै टहरा बनाएर रातभर चोकीदारी गर्दापनी मकैबाली जोगाउन मुस्किल भएको अर्का किसान टंक प्रसाद उपाध्यायले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...