News Portal

मन्त्रीले अपशब्द बोलेको भन्दै मागे शिक्षकहरुले राजीनामा

हिमाली संचार संवाददाता
४८८ पटक

जनकपुरधाम, १० चैत : प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एसईई परीक्षा अनुगमन गर्दा केन्द्राध्यक्ष र निरीक्षकलाई अपशब्द प्रयोग गरेको भन्दै शिक्षकहरुले उनको राजीनामा माग गरेका छन् । आइतबार नेपाल शिक्षक संघले जनकपुरमा पत्रकार सम्मेलन गरेर मन्त्रीले अमर्यादित शब्द प्रयोग गर्नु ठीक नभएको भन्दै तत्काल राजीनामा दिन माग गरेको हो ।

मन्त्री साह परीक्षाको अनुगमनको क्रममा सरस्वती माध्यमिक विद्यालयमा पुग्दा अधिकांश निरीक्षकहरुले फोटोसहितको परिचय पत्र नराखेकोप्रति आक्रोशित भएका थिए । त्यही क्रममा मन्त्री साहले निरीक्षकलाई अपशब्द प्रयोग गरेको संघका धनुषा अध्यक्ष रामस्नेही यादवले बताए ।

मन्त्री साहले केन्द्राध्यक्ष सत्यनारायण मण्डललाई पनि हप्काएको उनीहरुले बताएका छन् । केन्द्राध्यक्ष मण्डलका अनुसार मन्त्री साहले उनलाई बेबकुफ भन्दै जागिर खाइदिने धम्की दिएका थिए ।

के भन्छन् मन्त्री साह ?

मन्त्री साहले आफू परीक्षा केन्द्रा पुग्दा परीक्षा निकै अमर्यादित रुपमा संचालन भइरहेको आरोप लगाएका छन् । उनले परीक्षालाई मर्यादित बनाउने प्रयास गर्दा शिक्षा माफियाहरुले गलत आरोप लगाएको उनको दावी छ ।

प्रदेश २ मा एसईई परीक्षामा चोरी र धाँधलीका लागि बदनाम भइसकेकाले प्रदेश सरकार यसको नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...