News Portal

मन्त्रीले अपशब्द बोलेको भन्दै मागे शिक्षकहरुले राजीनामा

हिमाली संचार संवाददाता
४३४ पटक

जनकपुरधाम, १० चैत : प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एसईई परीक्षा अनुगमन गर्दा केन्द्राध्यक्ष र निरीक्षकलाई अपशब्द प्रयोग गरेको भन्दै शिक्षकहरुले उनको राजीनामा माग गरेका छन् । आइतबार नेपाल शिक्षक संघले जनकपुरमा पत्रकार सम्मेलन गरेर मन्त्रीले अमर्यादित शब्द प्रयोग गर्नु ठीक नभएको भन्दै तत्काल राजीनामा दिन माग गरेको हो ।

मन्त्री साह परीक्षाको अनुगमनको क्रममा सरस्वती माध्यमिक विद्यालयमा पुग्दा अधिकांश निरीक्षकहरुले फोटोसहितको परिचय पत्र नराखेकोप्रति आक्रोशित भएका थिए । त्यही क्रममा मन्त्री साहले निरीक्षकलाई अपशब्द प्रयोग गरेको संघका धनुषा अध्यक्ष रामस्नेही यादवले बताए ।

मन्त्री साहले केन्द्राध्यक्ष सत्यनारायण मण्डललाई पनि हप्काएको उनीहरुले बताएका छन् । केन्द्राध्यक्ष मण्डलका अनुसार मन्त्री साहले उनलाई बेबकुफ भन्दै जागिर खाइदिने धम्की दिएका थिए ।

के भन्छन् मन्त्री साह ?

मन्त्री साहले आफू परीक्षा केन्द्रा पुग्दा परीक्षा निकै अमर्यादित रुपमा संचालन भइरहेको आरोप लगाएका छन् । उनले परीक्षालाई मर्यादित बनाउने प्रयास गर्दा शिक्षा माफियाहरुले गलत आरोप लगाएको उनको दावी छ ।

प्रदेश २ मा एसईई परीक्षामा चोरी र धाँधलीका लागि बदनाम भइसकेकाले प्रदेश सरकार यसको नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...