News Portal

डोटीका शिक्षा विकास इकाइ प्रमुखलाई लगायो नेविसंघले कालोमोसो

हिमाली संचार संवाददाता
४६७ पटक

डोटी, १० चैत : डोटीको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अनन्तकुमार पौड्याललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुले कालोमोसो दलेका छन् । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेविसंघ कार्यकर्ताले प्रमुख पौड्याललाई कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

विद्यालय शिक्षा परीक्षा (एसइई)को अनुगमनपछि दिउँसो कार्यकक्षमा आएका पौड्याललाई १०/१२ जनाको समूहमा आएका उनीहरुले कालोमोसो दलेका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले प्लाष्टिकको झिल्लीमा कालोमोसो बोकेर आएका थिए ।

कालोमोसो दले लगत्तै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पौड्यालले अनियमिता गरेको कुरा सार्वजनिक गरेका छन् ।

विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजना बाँड्दा पौड्यालले १० प्रतिशत कमिसन खाएर मात्रै बाँडने गरेको, विद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाइ प्रश्नपत्रसमेत आउट गर्ने गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको राजश्व अनियमित खर्च गर्ने गरेको, वढुवा हुने शिक्षक संख्या लुकाएको र बिद्यालय शिक्षा परीक्षाका लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता क्षमताको आधारमा नगरी राजनीतिक कोटाका आधारमा छनौट गरेको आरोप बिज्ञप्तीमा लगाइएको छ ।

नेबिसंघ पूर्वआमन्त्रित केन्द्रीय सदस्य बिजयराज ओझालगायतका कार्यकर्ताहरुद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पौड्यालले कमिसनको रकम जम्मा गर्नका लागि चन्द्रामाया कोइराला र अरुण पौड्यालको बैङ्क खाता नं. विद्यालयका प्रधानाध्यापकहरुलाई बितरण गर्ने गरेको आरोप लगाइएको छ । उक्त आरोप पुष्टि गर्न विज्ञप्तिसँगै पौड्यालले आफ्नो मोबाइलबाट पठाएको म्यासेजसमेत टाँस गरिएको छ ।

यस्तै बिदाको दिनमा सरकारी गाडीको दुरुपयोग गर्ने गरेको र शिक्षा क्षेत्रमा समस्याको समाधान भन्दा पनि राजनीतिक पूर्वाग्रही भएर काम गर्ने गरेको विज्ञप्तिमार्फत आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस बिषयमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेवीलाई पटकपटक जानकारी गराउँदासमेत कुनै सुनुवाई नहुनुले भ्रष्टाचारको जालो चारैतिर फैलिएको कुरा प्रष्ट छ । उक्त कार्यालयमा भइरहेको अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्न दवाव दिन विज्ञप्तिमार्फत सञ्चार जगत र सचेत नागरिकलाई आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीलाई कालोमोसो लगाएको कुरा प्रमुख जिल्ला अधिकारी सुवेदीले पुष्टि गरेका छन् । उनले विज्ञप्तिमा उल्लेख गरेजस्तो आफूलाई कसैले पनि शिक्षा विकास तथा समन्वय इकाइमा अनियमितता भइरहेको बारेमा जानकारी नगराएको वताए ।

‘शिक्षक छनौटमा अनियमितता भएको भन्ने बिषयमा बिजय जी (बिजयराज ओझा) ले कुरा गर्नु भएको थियो, त्यस बिषयमा हामीले दुवै पक्षलाई राखेर छलफल गरेका थियौं, त्यसको रिजेल्ट अहिलेसम्म पनि सार्वजनिक भएको छैन,’ प्रमुख जिल्ला अधिकारी सुदेवीले भने, ‘त्यसभन्दा बाहेक अरु कुनै लिखित वा मौखिक जानकारी आएको छैन ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले ९ बुँदे विज्ञप्ति जारी गर्दै कालोमोसो लगाएको जानकारी आएको बताए । उनले यस बिषयमा थप बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको समेत जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...