News Portal

उपमहानगर र पत्रकार महासंघ रकम अनियमितता (भाग-३)

चौलागाई र ठाकुरले तयार पारे आफ्नै बरिष्ठ उपाध्यक्षको नाममा फर्जी प्लेन टिकट

हिमाली संचार संवाददाता
५६४ पटक

चैत्र १०, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार तथा पत्रकार महासंघ प्रदेश नम्बर ५का सचिव शुक्रऋषी चौलागाइ र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले आफ्नै संस्था पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलको नक्कली प्लेन टिकट तयार पारेको भेटिएको छ ।

पत्रकार महासंघ बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको कागजातमा कार्यक्रममै उपस्थिती नभएका पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र बाहालवाला महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलको नाममा प्लेन टिकट बापत १४ हजार हिसाब देखिइएको छ । त्यसमा पनि बरिष्ठ उपाध्यक्ष पोखरेलको कम्प्यूटरबाट प्रिन्ट गरेर नक्कली प्लेन टिकट पेश गरिएको छ ।

अर्कै कार्यक्रममा नेपालगन्ज आएका महासंघका बरिष्ठ उपाध्यक्ष पोखरेल २०७५ जेठ ३० गते अर्थात सन २०१८ जुन १३ तारिक विहान ८ः१० बजे बुद्ध एयरको फ्लाईट मार्फत नेपालगन्जबाट काठमाण्डौ उडेको बुद्ध एयरले सेतोखरीलाई उपलब्ध गराएको प्लेन टिकेटको विवरणमा उल्लेख छ ।

तर, प्रेस सल्लाहकार चौलागाई र अध्यक्ष ठाकुरले उपमहानगरपालिकामा पेश गरेको प्लेन टिकटमा भने तिथी मिति उहि छ, तर समय फरक छ । नक्कली टिकटमा महासंघका बरिष्ठ उपाध्यक्ष पोखरेल २०७५ जेठ ३० गते अर्थात सन २०१८ जुन १३ तारिख विहान ४ः४५ बजे बुद्ध एयरको फ्लाईट मार्फत नेपालगन्जबाट काठमाण्डौ उडेको देखिएको छ ।

एउटा व्यक्ति एकै दिन फरक समयमा नेपालगन्जबाट काठमाण्डौं प्लेनमा उडेको देखिएपछि नक्कली र सक्कली टिकटले फर्जी भएको प्रष्ट देखाई दिएको छ । पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष पोखरेलले प्लेन टिकट आफैले काटेको र २०७५ जेठ ३० गते विहान ८ः१० को बुद्ध एयरको फ्लाईटबाट काठमाण्डौं गएको बताए ।

यो पनि पढ्नुहोस।

पत्रकार महासंघ र वडाअध्यक्षको साँठगाँठमा विज्ञप्ती 

उपमहानगर र पत्रकार महासंघ बाँकेले गरेको रकम अनियमितता (भाग–१) 

पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुरले रक्सीको नशामा लठ्ठीएर के–के बोले ? 

पत्रकार महासंघले उपमहानगरसँग मिलेर कार्यक्रम गरेको छैन : ठाकुर

उपमहानगरपालिकाको फाईलमा रहेको उक्त फर्जी प्लेन टिकट प्रेस सल्लाहका चौलागाईले फाइलबाट निकालेर च्यातिसकेका छन् । तर, महासंघका बरिष्ठ उपाध्यक्ष पोखरेलको नामको सक्कली र नक्कली दुवै प्लेन टिकट सेतोखरीसंग सुरक्षित रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको १० लाख मध्यको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना गरेका हुन् ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले तयार पारेर नगरपालिका बुझाएको हरहिसाबको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष झा र बाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष पोखरेलको नाममा हवाइभाडा आउने जाने १४ हजार दिएको, सहजकर्ताको भत्ता बापत झा र पोखरेलले करकट्टी गरी ४ हजार २ सय ५० का दरले बुझेको, २ दिनसम्म बास बसाएको भनेर ६ हजार, सहजकर्ता वापत १० हजारको नक्कली बील पेस गरिएको छ ।

प्रत्येक प्रतिवेदन र बीलमा पत्रकार महासंघ बाँकेको छाप हस्ताक्षर र प्रेस सल्लाहकार चौलागाइको हस्ताक्षर रहेको छ । यसको नेपालगन्ज उपमहानगरपालिकाले समिती गठन गरेर छानबिन अगाडी बढाएको छ । प्रेस सल्लाहकार चौलागाइले फर्जी हस्ताक्षर भएको स्वीकारी सकेकाछन् । सेतोखरीबाट।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...