News Portal

  • फोरमको पत्र पाएपछि राजपा लचिलो

    हिमाली संचार संवाददाता
    ३७८ पटक

    गंगा बराल/काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेका छन् । सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा. शिबजी यादबले बताउनुभयो ।

    फोरमले अहिलेसम्म २ वटा चिठी पठाइसकेको छ भने राजपाले पहिलको चिठीको जवाफमात्र पठाएको डा. यादबको भनाइ छ । पहिलो कुरा एकता हो, एकता पछि मात्र सरकारमा रहने नरहने, भावी एजेण्डा के हुने भन्ने कुरा आउँछ’ यादबले थप्नुभयो–‘जे भए पनि एउटा प्रक्रिया सुरु भयो ।

    फोरम महासचिव रामसहयाप्रसाद यादबले पनि चिठी पठाएर एकताको लागि पहल भएको स्वीकार्दै औपचारिक छलफल हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँको बुझाईमा दुवै पार्टी एकताका लागि तयार भएको सन्देश गएको विश्लेषण गर्नुभयो ।

    राजपाका नेता राजकिशोर यादबले एकताका लागि बसेरै छलफल गर्ने वातावरण निर्माणका लागि पहल हुँदै गरेको बताउँदै भन्नुभयो–‘राम्रो सुरुवात भएको छ, फोरमले पठाएको चिठीको जवाफ पठायौं, औपचारिक बैठक नबसी केही भन्न सकिँदैन’ ।

    फोरमले सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र राजपाले राजेन्द्रं महतोको संयोजकत्वमा वार्ताका लागि ५÷५ सदस्यीय समिति गठन गरेको बताइएको छ । राजपा नेता अनिलकुमार झाले एकता प्रक्रिया सुरु भएको बताउनुभयो ।

    फोरमका केन्द्रीय सदस्य सन्तोष सिलवालले सरकारबाट बाहिरिने कुरा अहिले सम्भव नभएको बताउनुभयो । राजपाले एकतापछि सरकारबाट बाहिरिने प्रस्ताव राखे पनि फोरमले मानेको छैन । धेरै विषयमा छलफल हुनुपर्छ, सैद्धान्तिक र व्यवहारिक पाटो नमिलिकन एकता सम्भव छैन’ सिलवालको भनाइ थियो ।

    अहिले फोरम सरकारमा छ । राजपालेसमर्थन गत फागुन २२ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रतिनिधिसभामा राजपाका १७ र फोरमका १६ सांसद छन् । मधेशकेन्द्रित ६ वटा पार्टी मिलेर २०७४ बैशाख ७ गते राजपा बनेको थियो ।

    फोरमकै अर्का केन्द्रीय सदस्य रामप्रसाद रिजालले राजपाको कारण नै पार्टी मिल्न सम्भव नभएको बताउनुभयो । रिजालले राजपा नेताहरुले मागेजस्तो पद दिन सम्भव नभएकाले एकतामा बाधा हुनसक्ने शंका गर्नुभयो । एकता नहोस् भन्ने होइन, मिलेर जान सके पार्टी ठूलो हुन्छ, आगामी दिनमा फाइदा हुन्छ’ रिजालले भन्नुभयो ‘राजपाको केन्द्रीय समिति ठूलो छ त्यहीँ भद्रगोल भएकाले कसरी मिलाउने भन्ने चुनौती छ ।

    फोरमको अध्यक्ष उपेन्द्र यादब हुनुहुन्छ । दुबै पार्टीले बैशाखमा एकता महाधिवेशन गर्ने भनेका छन् । राजपाले चक्रीय प्रणालीमा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्दै आएको छ । बुधबारदेखि शरतसिंह भण्डारी संयोजक बन्नुभएको छ ।

    राजपा र फोरमले गतसाल सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तालमेल गरेका थिए । प्रदेश नं २ मा यी दुई पार्टीकै सरकार बनेकोमा फोरमले मुख्यमन्त्री र राजपाले सभामुख पाएको अवस्था छ। सरकारले चन्द्रकान्त राउत (सीके) सँग ११ बूँदे सहमति गरेपछि मधेशकेन्द्रीत राजपा र फोरमले एकताका लागि पहल थालेको बताइन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...