News Portal

नेकपाका नेता सुदर्शनलाई प्रहरीले ललितपुर पुर्‍याएर जबर्जस्ती हतियार भिडाउन खोज्यो

हिमाली संचार संवाददाता
४६३ पटक

काठमाडौं, ९ चैत : काभ्रेबाट गिरफ्तार परेका नेकपा कम्युनिष्ट पार्टीका प्रभावशाली नेता सुदर्शनलाई प्रहरीले काठमाडौं ल्याउनुको साटो ललितपुरको बिकट गाउँपालिका थेचु पुर्‍याएको छ। नेता सुदर्शन हतियारसहित समातिएको दावी गर्न उनलाई प्रहरीले ललितपुरको थेचु पुर्याएको र त्यहाँ जबर्जस्ती हतियार भिडाउन खोजिएको भन्दै परिवारजनले चिन्ता व्यक्त गरेका छन् ।

सुदर्शन सवार ‘गाडीमा एक वटा पेस्तेल र बिस्फोटक पदार्थ जिलेटिन भेटिएको’ भन्दै फसाउन खोजिएकाे नेकपा स्रोतले समेत जनाएको छ । संचारकेन्द्रसँग कुरा गर्दै सुदर्शनका एक पारिवारिक सदस्यले भने “उहाँ (सुदर्शन)सहित गिरफ्तार परेका नेता कार्यकर्तालाई काभ्रेबाट काठमाडौं ल्याउनुको साँटो ललितपुर पुर्‍याएको छ । त्यो ललितपुरको अलि बिकट गाउँ रैछ । त्यहाँ प्रहरीले जबर्जस्ती हतियार भिडाउन खोजेको देखियो ।

यस विषयमा चाँसो व्यक्त गरिदिन परिवारजनले आम मिडिया जगत र मानवाधिकार आयोग र सबै सरोकारवाला विषयको ध्यानाकर्षण गरेका छन् । ति पारिवारिक सदस्यले भने- ‘ उहाँहरुलाई निशस्त्र समातेको हो । तर हतियार खरखजानासम्बन्धि मुद्दा चलाउन सजिलो हुन्छ भन्ने उदेश्यले उहाँलाई जबर्जस्ती हतियार भिडाउन खोजिएको हुनसक्छ । तपाईजस्ता  मिडियाले यो विषयमा लेखिदिनुस् कृपया ।

काभ्रेबाट सुदर्शनलाई सिधै काठमाडौं ल्याउनुपर्ने ठाउँमा प्रहरीले किन असम्बन्धित ठाउँ ललितपुर थेचु पुर्‍यायो भन्ने प्रश्न यतिबेला खडा भएको पारिवारिक स्रोतले बतायो । नेपाल प्रहरीको विशेष व्युरोले सुदर्शनसहित ९ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेमा पुरै गाँउ नै घेरा हालेर गिरफ्तार गरेको हो ।

तर महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले भने काभ्रेबाट बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेको अवस्थामा ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोलाबाट गिरफ्तार गरेको दावी गरेको छ ।

सुदर्शनसहित गिरफ्तार  पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।

यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो ।  सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् । बुधबार मात्रै प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको थियाे ।

तस्बिर : संचारकेन्द्र

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...