दामोदर भण्डारी
नेपालगन्ज, ८ चैत : नेपालगन्ज उपमहानगरपालिकाले दिएको रकममा नेपाल पत्रकार महासंघले अनियमितता गरेको समाचार सञ्चार माध्यममा आइरहेका बेला पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु रक्सीको नशामा लठ्ठीएर जथाभावि बोलीरहेका छन् ।
रक्सीले मातिएका अध्यक्ष ठाकुरले सद्भाव दैनिकका सम्पादक दामोदर भण्डारीलाई सवा ९ बजे राती मोबाईलमा फोन गरी बिभिन्न गाली गलौच, फोहोर शब्द बोल्दै धम्क्याएका छन् । (अध्यक्ष ठाकुरले बोलेका सम्पूर्ण फोन रेकर्ड सेतोखरीसगं सुरक्षित रहेको छ ।)
नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमका विनियोजन गरेको १० लाख मध्यको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना गरेका हुन् । (रकम हिनामिनाको सम्पूर्ण प्रमाण सेतोखरीसंग छ )
प्रेस सल्लाहकार चौलागाई र संघका अध्यक्ष थारुको मिलेमतोमा सञ्चार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत सञ्चालन गरेका विविध कार्यक्रममा उपस्थिती नै नभएका नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र बाहालवाला केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलको नक्कली हस्ताक्षर तथा खर्चको विभिन्न बील भर्पाई तयार पारी रकम हिनामिना गरेका छन् ।
उपमहानगर र पत्रकार महासंघ बाँकेले गरेको रकम अनियमितता (भाग–१)
उक्त समाचार सद्भाव दैनिक र सेतोखरी डटकममा प्रकाशित भएपछि महासंघका अध्यक्ष थारुले सम्पादक भण्डारीलाई गाली गलौच गर्दै धम्क्याएका छन् । ठाकुर तिमीले अहिले रक्सी पिएकाछौ बिहान फोन गर्नु, जे कुरा गर्नु छ, विहान गर्नु भन्दा पनि ‘तँ सँग मेरो च्यालेन्ज भयो, तँ वर्ता नबोल्’ भन्दै सुन्न पनि नमिल्ने विभिन्न अपशव्द बोलेको सम्पादक भण्डारीले बताए ।
पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरले रक्सीमा लठ्एिर बोलेका शब्दहरु जस्ताको त्यस्तैः
तिम्रो र हाम्रो लडाई भयो अब ।
तिमी त एकदम राम्रो मान्छे रहेछ ।
तिमीसँग लड्ने मेरो अब बहुत रहर भइगो ।
तिमीलाई मैले पत्रकार महासँघबाट आधिकारीक चिठी पठाछु, खण्डन छापिदैन भन्ने पनि मलाई थाहा छ, नछापिएपनि केही चोरीदैन ।
मेरो फोनमा रेकर्ड भइराछ, तिमीले पनि रेकर्ड गरी रा’छौ हैन ।
तिमी पनि बहुत ठुलो मान्छे, म पनि बहुत ठुलो मान्छे हैन, यस्तै कुराले बिग्रिरा’छ हैन ।
दामोदर भन्ने मान्छे पनि चिन्छु, ठाकुर भन्नेलाई पनि दामोदरले चिन्छ त्यहि त हैन कुरो ।
ठाकुरको पालो आज आयो, दामोदरको पालो पनि आउला कुनै दिन ।
तिमी सद्भाव मिडिया खोल्छौ नि, म पनि अनलाईन डटकम खोल्दिन्छु ।
तिमीलाई च्यालेन्ज भयो अब ।
म के गरुँ अब भन् आत्म हत्या गरुँ… मरुँ ?
सुन यार ……सुन यार …..
दारु खा छौ विहान फोन गर भन्दा ‘म साधु छु, दारु खाँदिन ।’
म ६ महिना पछि पत्रकार महासँघबाट रिटायर्ड हुँदैछु ।
दामोदर भण्डारी, ठाकुरसिंह थारु कुनै दिन त साथी थिए होलान त, फेरी म ६ महिनापछि रिटायर्ड हुँदैछु है ।
मलाई त बाँकी राखेनौ तिमी ।
म ६ महिनापछि पत्रकार महासँघको अध्यक्ष त हुन्न, हुँदैन त यार, त्यहि दामोदर भण्डारीसँग कुममा कुम मिलाएर हिँडनु पर्ला । त्यहि ठाकुसिंह थारुसँग मज्जाले रिपोर्टिंग गर्ने होला नि त ।
तिमी ठहरै बनाइदिन्छौ यार, आग मुतीराछौ यार, कोही भेटिएन त्यहि ठाकुरसिंह थारु भेटियो यार,
सुन् बे सुन्…..
तिमी धेरै नाटक नगर अझै लेख् ।
अहिले पनि के लेख् भने ठाकुरसिंह थारुले थर्कायो भनेर लेख् ।
महासंघ अध्यक्ष भएर सिरियस बोल बच्चाबच्ची जस्तो नबोल भन्दा : ‘दामोदर भण्डारी भन्ने को हो र ?’
अ… बे… मलाई च्यालेन्ज नगर् है, ठाकुरसिंह नाङ्गो मान्छे हो ……….(फोहोर शब्द)। सुन् यहाँ सुन् ……(फोहोर शब्द) । म महासंघको अध्यक्ष हो …… (फोहोर शब्द) ।
यहाँ सुन यहाँ सुन अब के लेख भने तिम्रो पत्रिका पनि छ, एफएम पनि छ, अ… बे… के लेख् भने ठाकुरसिंह थारुले बकायो भनेर लेख ।
पत्रकार महासंघको अध्यक्ष ठाकुर सिंह थारुले फोन गरेर थर्कायो भनेर अनलाईनमा लेख् ।
छोड ……. (फोहोर शब्द) यस्तो कुरा ।
दामोदर ……. (फोहोर शब्द) सुन बर्ता होइन है ……. (फोहोर शव्द) मा…. साले ।