News Portal

मोदी फेरि बनारसबाट लोकसभा चुनाव लड्ने

हिमाली संचार संवाददाता
४१७ पटक

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी लोकसभा चुनावमा फेरि एकपटक बनारसबाट उम्मेदार बन्ने भएका छन्  । भारतीय जनता पार्टी (भाजपा) ले आगामी २८ चैतदेखि हुने १७ औं लोकसभाको चुनावका लागि उम्मेदवारहरूको १८४ जना उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्दै मोदीलाई बनारसबाट उठाउने घोषणा गरेको हो  ।

बिहीबार साँझ भाजपा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै त्यस्तो घोषणा गरिएको हो । सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै लडेका थिए । उक्त चुनावमा उनले विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका उम्मेदवार मधुसूदन मिस्त्रीलाई करिब ६ लाख मत अन्तरले पराजित गरेका थिए ।

पार्टीद्वारा सार्वजनिक गरिएको पहिलो सूचीमा वरिष्ठ नेता तथा पूर्व अध्यक्ष लालकृष्ण आडवाणी भने अटाएका छैनन् । बरु उनको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टीका वर्तमान अध्यक्ष अमित शाहलाई उम्मेदवार बन्ने भएका छन् । बिहीबार जारी सूचीमा मोदी सरकारका वरिष्ठ मन्त्री तथा पार्टीका उच्च नेताहरू पनि अटाएका छन् ।

पार्टीका पूर्वअध्यक्ष तथा मोदी मन्त्रिमण्डलका वरिष्ठ मन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उठ्ने भएका छन् । अर्का वरिष्ठ मन्त्री नीतिन गड्करी पनि पुनः एकपटक नागपुर सिटबाटै चुनाव लड्ने छन् ।

पार्टीले उत्तर प्रदेशको चर्चित चुनावी क्षेत्र अमेठीबाट यस पटक पनि केन्द्रीय मन्त्री स्मृति इरानीलाई नै उठाउने निणय गरेको छ । सन् २०१४ को चुनावमा पनि सोही क्षेत्रबाट उम्मेदार बनेकी इरानी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीसँग एक लाखभन्दा बढीको भोट अन्तरले हारेकी थिइन् ।

प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १४६ उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । भारतको निर्वाचन आयोगले दुई साताअघि सात चरणमा गर्ने गरी ५४३ सदस्यीय (थप दुई जना मनोनीत) लोकसभा चुनाव घोषणा गरेको थियो ।

सन् २०१४ को चुनावमा भाजपा एक्लैले २८२ सिट प्रस्ट बहुमत ल्याएको थियो भने जब कि विपक्षी कंग्रेस इतिहासकै सबैभन्दा कमजोर नतिजा निकाल्दै ४४ सिटमा सीमित हुन पुगेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...