News Portal

मोदी फेरि बनारसबाट लोकसभा चुनाव लड्ने

हिमाली संचार संवाददाता
४३३ पटक

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी लोकसभा चुनावमा फेरि एकपटक बनारसबाट उम्मेदार बन्ने भएका छन्  । भारतीय जनता पार्टी (भाजपा) ले आगामी २८ चैतदेखि हुने १७ औं लोकसभाको चुनावका लागि उम्मेदवारहरूको १८४ जना उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्दै मोदीलाई बनारसबाट उठाउने घोषणा गरेको हो  ।

बिहीबार साँझ भाजपा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै त्यस्तो घोषणा गरिएको हो । सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै लडेका थिए । उक्त चुनावमा उनले विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका उम्मेदवार मधुसूदन मिस्त्रीलाई करिब ६ लाख मत अन्तरले पराजित गरेका थिए ।

पार्टीद्वारा सार्वजनिक गरिएको पहिलो सूचीमा वरिष्ठ नेता तथा पूर्व अध्यक्ष लालकृष्ण आडवाणी भने अटाएका छैनन् । बरु उनको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टीका वर्तमान अध्यक्ष अमित शाहलाई उम्मेदवार बन्ने भएका छन् । बिहीबार जारी सूचीमा मोदी सरकारका वरिष्ठ मन्त्री तथा पार्टीका उच्च नेताहरू पनि अटाएका छन् ।

पार्टीका पूर्वअध्यक्ष तथा मोदी मन्त्रिमण्डलका वरिष्ठ मन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उठ्ने भएका छन् । अर्का वरिष्ठ मन्त्री नीतिन गड्करी पनि पुनः एकपटक नागपुर सिटबाटै चुनाव लड्ने छन् ।

पार्टीले उत्तर प्रदेशको चर्चित चुनावी क्षेत्र अमेठीबाट यस पटक पनि केन्द्रीय मन्त्री स्मृति इरानीलाई नै उठाउने निणय गरेको छ । सन् २०१४ को चुनावमा पनि सोही क्षेत्रबाट उम्मेदार बनेकी इरानी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीसँग एक लाखभन्दा बढीको भोट अन्तरले हारेकी थिइन् ।

प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १४६ उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । भारतको निर्वाचन आयोगले दुई साताअघि सात चरणमा गर्ने गरी ५४३ सदस्यीय (थप दुई जना मनोनीत) लोकसभा चुनाव घोषणा गरेको थियो ।

सन् २०१४ को चुनावमा भाजपा एक्लैले २८२ सिट प्रस्ट बहुमत ल्याएको थियो भने जब कि विपक्षी कंग्रेस इतिहासकै सबैभन्दा कमजोर नतिजा निकाल्दै ४४ सिटमा सीमित हुन पुगेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...