News Portal

आठ वर्षीय बालक प्रयास कुँवर हत्यामा संलग्न जीवित रहेसम्म कैद बस्नुपर्ने फैसला

हिमाली संचार संवाददाता
४१६ पटक

काठमाडौँ, ८ चैत : गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो । यसअघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो ।

आजीवन कैदको सजाय अनुसार व्यक्ति जीवित रहेसम्म कैदमै बस्नुपर्नेछ । फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कैदको सजाय सुनाइएका कसुरदार जीवित रहेसम्म कैदमा रहनुपर्नेछ । सार्कीलाई प्रयासको अपहरण गरी ज्यान मारेको अभियोगमा संहिताको दफा ४१ (ग) बमोजिम आजीवन कैदको सजाय सुनाइएको हो ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...