News Portal

बढी शुल्क असुल्ने मेडिकल कलेजलाई तत्काल मुद्दा लगाऊ : डा. केसी

हिमाली संचार संवाददाता
४१९ पटक

काठमाडौं : डा. गोविन्द केसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी उनले कलेजहरुले विद्यार्थीलाई ब्ल्याकमेलिङ गरेर ठगी गरिरहेको भन्दै सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका हुन् । उनले विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्क तत्काल ब्याजसहित फिर्ता गर्न र पठनपाठन सञ्चालन गर्न पनि माग गरेका छन् ।

मेडिकल कलेजहरुले दिनदहाडै ठगी गरेर कानुनी राज्यको उपहास गर्दा पनि कानुनी राज्यको रक्षा गर्ने जिम्मा लिएकाहरु त्यही ठगीको रकममा भागवण्डा गरेर रमाइरहेको केसीले आरोप लगाएका छन् । ‘यो ब्रम्हलुट बन्द गर्नका लागि पहिले न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेर बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछौं’ उनले भनेका छन् ।

केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गरी त्रिवि र केयूमा योग्य र इमान्दार व्यक्ति नियुक्त गर्न माग गरेका छन् । केयूले सरकारले तोकेकोभन्दा बढी शुल्क निर्धारित गर्दै मेडिकल कलेजको ठगीलाई वैधता दिएको उनले आरोप लगाए ।

उनले अगाडि भने ‘मेडिकल माफिया’हरुले चलाइरहेको अर्बौंको ठगी धन्दा तत्काल रोकी ठग र अपराधीहरुलाई तत्काल कारवाही तथा त्यस्तो अपराधबाट लाभ लिएर अपराधीहरुको संरक्षण गर्ने पदाधिकारीहरुलाई बर्खास्तीसमेतका कारवाही नगरिएमा कुनै पनि बेला सत्याग्रहसहित आन्दोलनका कार्यक्रम शुरु गर्ने जानकारी गराउँछौं ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...