News Portal

बहिनीलाई जबर्जस्ती रङ नदल्न आग्रह गर्दा दाजु कुटिए

हिमाली संचार संवाददाता
४९० पटक

दाङ,७ चैत : दाङमा बहिनीलाई बलजफती रङ नदल्न आग्रह गर्दा दाङमा एक जना दाजुमाथि युवाले निर्घात कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका १८ का जितबहादुर चौधरीमाथि बिहीबार युवाको एक समूहले निर्घात कुटपिट गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रही बिदामा घर आएका चौधरीको टाउको र खुट्टामा चोट लागेको र तुलसीपुर सिटी हस्पिटल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँके रेफर गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

घाइते चौधरीको दिदी सीता चौधरीले बहिनी शोभामाथि १०/१२ जनाको संख्यामा आएका युवाले बलजफती लखेटीलखेटी रङ दल्न थालेपछि त्यसो नगर्न आग्रह गर्दा भाइमाथि उनीहरूले कुटपिट गरेको बताइन्।

युवाको समूहले कुटपिट गरी चौधरीलाई नजिकै रहेको खोलाको पुलबाट फालिदिएको दिदी सीताको भनाइ छ। यसैबीच, कुटपिटमा संलग्न एक जना स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले १८ वर्षीय केशर बस्नेतलाई पक्राउ गरिएको र माधव वली लगायतका युवा फरार रहेको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...