News Portal

बहिनीलाई जबर्जस्ती रङ नदल्न आग्रह गर्दा दाजु कुटिए

हिमाली संचार संवाददाता
४५३ पटक

दाङ,७ चैत : दाङमा बहिनीलाई बलजफती रङ नदल्न आग्रह गर्दा दाङमा एक जना दाजुमाथि युवाले निर्घात कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका १८ का जितबहादुर चौधरीमाथि बिहीबार युवाको एक समूहले निर्घात कुटपिट गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रही बिदामा घर आएका चौधरीको टाउको र खुट्टामा चोट लागेको र तुलसीपुर सिटी हस्पिटल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँके रेफर गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

घाइते चौधरीको दिदी सीता चौधरीले बहिनी शोभामाथि १०/१२ जनाको संख्यामा आएका युवाले बलजफती लखेटीलखेटी रङ दल्न थालेपछि त्यसो नगर्न आग्रह गर्दा भाइमाथि उनीहरूले कुटपिट गरेको बताइन्।

युवाको समूहले कुटपिट गरी चौधरीलाई नजिकै रहेको खोलाको पुलबाट फालिदिएको दिदी सीताको भनाइ छ। यसैबीच, कुटपिटमा संलग्न एक जना स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले १८ वर्षीय केशर बस्नेतलाई पक्राउ गरिएको र माधव वली लगायतका युवा फरार रहेको बताए।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...