News Portal

पत्रकार कर्ण विश्वकर्मा पक्राउको महासंघको आपत्ति !

हिमाली संचार संवाददाता
४७३ पटक

चैत ७, कालिकोट : कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

बिहीवार प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो । महासंघका महासचिव रमेश विष्टद्वारा जारी बिज्ञप्तीमा भनिएको छ – कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो ।

महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दछ । साथै पक्राउ परेका पत्रकारको बिनासर्त तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

https://www.facebook.com/237321416310983/posts/2272712179438553/

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...