News Portal

अख्तियारका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा पाए सफाइ

हिमाली संचार संवाददाता
७८३ पटक

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो ।

२०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंसिर ५ गते कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा झिकाएकी थिइन् ।

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरे, पूर्वप्रमुख आयुक्त दीप बस्नेत र आयुक्तहरु सावित्री गुरुङ, गणेशराज जोशीको योग्यता अख्तियारको आयुक्त हुन संविधानले तोकेको योग्यता नपुगेको दाबी गरिएको थियो ।

४ जना आयुक्त नियुक्ति हुँदा कायम रहेको अन्तरिम संविधान २०६३ को धारा ११९ (५) (ग) ले तोकेको योग्यता नपुग्ने दाबी निवेदकको थियो ।

उक्त धारामा उल्लेख भएअनुरूप प्रमुख आयुक्त र आयुक्त हुनका लागि अन्य सर्तसँगै लेखा, राजस्व, इन्जिनियरिङ, कानुन विकास वा अनुसन्धानका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको व्यक्ति योग्य हुने उल्लेख छ।

सर्वाेच्चले सोमबार सुनुवाइ गर्दै योग्यता नपुगेको दाबी ठहर नहुने भन्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । सर्वोच्चले मुद्दा खारेज गरेपछि कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्तका पदमा प्रतिस्पर्धाका लागि बाटो खुला भएको छ। (नेस)

प्रतिकृया दिनुहोस्

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...